बागलुङमा मानव सेवा आश्रमको श्रीमद् भागवत महायज्ञ, सडक आश्रित मुक्त नेपाल बनाउने लक्ष्य
बागलुङ। महायज्ञ गर्ने मानव सेवा आश्रमले आगामी कात्तिक २१ गतेदेखि श्रीमद् भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञ गर्ने भएको छ । यो महायज्ञमार्फत १० करोडको अक्षयकोष बनाएर आश्रमलाई नियमित संचालनमा ल्याउने लक्ष्य छ ।
मानवसेवा आश्रमको भवन आगामी चैत मसान्तभित्र सकेर २ सय जना आश्रितलाई राखेर सेवा प्रवाह गर्ने लक्ष्य छ । त्यस बाहेक मानवसेवा आश्रम बागलुङको अक्षयकोष बढाएर १० करोड पु-याउने, गण्डकी प्रदेशलाई सडक मानवरहित प्रदेश बनाउने लक्ष्य पुरा गर्ने, आगामी चैत मसान्तभित्र नेपाललाई सहयोगीपेक्षी सडक आश्रित मानवमुक्त निर्माणको संकल्प पुरा गर्ने लक्ष्य रहेको आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारीले बताउनुभयो ।
महायज्ञ अवधिभर एक हजार जनालाई बिहान योग शिविरमा जोड्ने, विद्यार्थीलाई सकारात्मक सोच तथा मानवता प्रवद्र्दनका लागि उत्प्रेरणात्मक कार्यक्रम संचालन गर्ने, स्वास्थ्य शिविर संचालन गर्ने, स्थानीय ...










