काठमाडौँ । फेसबुक सञ्चालक संस्था मेटाले नेपालको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका अधिकारीसँग नेपालमा दर्ता हुन आवश्यक कागजपत्र माग गरेको मन्त्रालयले दाबी गरेको छ ।
मन्त्रालयका सहसचिव एवं प्रवक्ता गजेन्द्रकुमार ठाकुरका अनुसार मेटाका प्रतिनिधिले मन्त्रालयको आधिकारीक इमेलमा नभई, सञ्चार तथा सूचना प्रविधि मन्त्रीका विज्ञ सल्लाहकार शालिकराम पराजुलीलाई गरेर आवश्यक कागजातको विवरण माग गरेको हो ।
उनका अनुसार पौने ५ बजे आएको इमेलको मन्त्रालयले आवश्यक कागजपत्रको विवरणसहित तत्कालै जवाफ फर्काएको हो । मन्त्रालयले मेटाले इमेल गरेका दाबी गरेपनि व्यक्तीगतरुपमा आएको इमेलले भने शंका बढाएको छ ।
सरकारले सूचीकृत नभएका सामाजिक सञ्जालहरू चल्न रोक लगाउने निर्णय गर्दै दूरुसञ्चार प्राधिकरणलाई २६ वटा सञ्जाल चल्न रोक लगाउन पत्राचार गरिसकेको छ ।
भ्याली खबर डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।