Day: १९ भाद्र २०८२, बिहीबार

फेसबुक सञ्चालक कम्पनी ‘मेटा’ नेपाल सरकारको सम्पर्कमा आएको दाबी !

फेसबुक सञ्चालक कम्पनी ‘मेटा’ नेपाल सरकारको सम्पर्कमा आएको दाबी !

समाचार
काठमाडौँ । फेसबुक सञ्चालक संस्था मेटाले नेपालको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका अधिकारीसँग नेपालमा दर्ता हुन आवश्यक कागजपत्र माग गरेको मन्त्रालयले दाबी गरेको छ । मन्त्रालयका सहसचिव एवं प्रवक्ता गजेन्द्रकुमार ठाकुरका अनुसार मेटाका प्रतिनिधिले मन्त्रालयको आधिकारीक इमेलमा नभई, सञ्चार तथा सूचना प्रविधि मन्त्रीका विज्ञ सल्लाहकार शालिकराम पराजुलीलाई गरेर आवश्यक कागजातको विवरण माग गरेको हो । उनका अनुसार पौने ५ बजे आएको इमेलको मन्त्रालयले आवश्यक कागजपत्रको विवरणसहित तत्कालै जवाफ फर्काएको हो । मन्त्रालयले मेटाले इमेल गरेका दाबी गरेपनि व्यक्तीगतरुपमा आएको इमेलले भने शंका बढाएको छ । सरकारले सूचीकृत नभएका सामाजिक सञ्जालहरू चल्न रोक लगाउने निर्णय गर्दै दूरुसञ्चार प्राधिकरणलाई २६ वटा सञ्जाल चल्न रोक लगाउन पत्राचार गरिसकेको छ ।...
सामाजिक सञ्जाल बन्द गर्ने निर्णयप्रति संयम र समझदारीको आग्रह

सामाजिक सञ्जाल बन्द गर्ने निर्णयप्रति संयम र समझदारीको आग्रह

समाचार
काठमाण्डौ । हालै सामाजिक सञ्जाललाई बन्द गर्ने वा कडाइका साथ नियमन गर्ने अदालतको फैसलाले लोकतन्त्रप्रति आस्था राख्ने नागरिक, राजनीतिक वृत्त तथा सरोकारवालाबीच गम्भीर बहस सुरु भएको छ। विशेषज्ञहरूको भनाइमा अभिव्यक्तिको स्वतन्त्रतालाई नेपालको संविधानले सर्वोच्च मूल्यका रूपमा स्थापित गरेको हुँदा यस विषयमा सरकारले संयमित र उदार दृष्टिकोण लिनु अपरिहार्य छ। संविधानले दिएको अधिकारलाई संकुचित भएको अनुभूति जनतामा भएमा त्यसले सकारात्मक परिणाम भन्दा उल्टो असर पार्ने चेतावनी समेत दिइएको छ। “फैसला गरेर मात्र पुग्दैन, जनताले न्याय भएको महसुस गर्नुपर्ने हो,” एक सरोकारवालाले बताए। उनका अनुसार, अहिले उठेको सवाल केवल सामाजिक सञ्जाल नियमन, दर्ता वा नियन्त्रणको मात्र नभई मूलतः अभिव्यक्तिको स्वतन्त्रतासँग सम्बन्धित छ। समाजका विभिन्न तहमा प्रश्न उठ्न थालेका छन् – यो देशमा अझै धेरै गम्भीर र जल्दाबल्दा समस्...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज