मानवसेवा आश्रमले आफ्नो १३औं वार्षिकोत्सव हेम्जा शाखामा मुठीदान कार्यक्रम मार्फत विशेष रूपमा सम्पन्न गरेको छ।
मानवसेवा आश्रमको यात्रा नै मुठीदान बाट सुरु भएको स्मरण गर्दै, हरेक वर्ष यो दिनलाई आश्रम परिवारले सेवा, माया र परोपकारका साथ मनाउने गर्दछ।
हाल हेमजा सेवाकेन्द्रमा १७६ जना नारायण ज्यूहरू आश्रयलिई जीवन बिताइरहनु भएको छ भने, छोरेपाटन सेवाकेन्द्रमा ९९ जना लक्ष्मी ज्यू तथा बालगोपाल ज्यूहरूले सुरक्षित र खुसी जीवन बिताइरहेका छन्।
मानवसेवा आश्रम असहाय, अशक्त, बेवारिसे तथा दुःखमा परेका आमाबुबा, दिदीबहिनी र दाजुभाइहरूको साझा घर हो। यहाँ प्रेम, करुणा र सेवा नै वास्तविक सम्पत्ति हो।
यस यात्रामा निरन्तर साथ, सहयोग र आशीर्वाद दिनु हुने सम्पूर्ण दातृ महानुभाव, स्वयंसेवक तथा शुभेच्छुकहरूलाई आश्रम परिवार तर्फबाट हार्दिक आभार व्यक्त गर्दछौं।
भ्याली खबर डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।