मानवसेवा आश्रम १३औं वार्षिकोत्सव विशेष
मानवसेवा आश्रमले आफ्नो १३औं वार्षिकोत्सव हेम्जा शाखामा मुठीदान कार्यक्रम मार्फत विशेष रूपमा सम्पन्न गरेको छ।
मानवसेवा आश्रमको यात्रा नै मुठीदान बाट सुरु भएको स्मरण गर्दै, हरेक वर्ष यो दिनलाई आश्रम परिवारले सेवा, माया र परोपकारका साथ मनाउने गर्दछ।
हाल हेमजा सेवाकेन्द्रमा १७६ जना नारायण ज्यूहरू आश्रयलिई जीवन बिताइरहनु भएको छ भने, छोरेपाटन सेवाकेन्द्रमा ९९ जना लक्ष्मी ज्यू तथा बालगोपाल ज्यूहरूले सुरक्षित र खुसी जीवन बिताइरहेका छन्।
मानवसेवा आश्रम असहाय, अशक्त, बेवारिसे तथा दुःखमा परेका आमाबुबा, दिदीबहिनी र दाजुभाइहरूको साझा घर हो। यहाँ प्रेम, करुणा र सेवा नै वास्तविक सम्पत्ति हो।
यस यात्रामा निरन्तर साथ, सहयोग र आशीर्वाद दिनु हुने सम्पूर्ण दातृ महानुभाव, स्वयंसेवक तथा शुभेच्छुकहरूलाई आश्रम परिवार तर्फबाट हार्दिक आभार व्यक्त गर्दछौं।...










