बागलुङ, मानसिक तथा शारीरिक रुपमा अशक्त अवस्थामा भेटिएका एक व्यक्तिको उद्धार बागलुङमा गरिएको छ। ४८ वर्षीय टेक पुन, जो पर्वत स्थाई घर बताउने, लामो समयदेखि मानसिक असन्तुलनका कारण सडकमा बसोबास गर्दै आइरहेका थिए।
स्थानीय नागरिक तथा समाजसेवीहरुको सहयोगमा एकबहादुरलाई बागलुङस्थित मानवसेवा आश्रमको शाखामा प्रारम्भिक उद्धारका लागि लगिएको थियो। उद्धारपछि उनको व्यक्तिगत सरसफाइ, लुगा परिवर्तन, स्वास्थ्य परीक्षण लगायतका प्राथमिक सेवाहरू प्रदान गरियो।
तर, बागलुङ शाखामा स्थान अभाव रहेकोले उनलाई मानवसेवा आश्रमको पोखरा शाखामा स्थानान्तरण गरिएको छ, जहाँ अझ राम्रो स्याहार र आवासको व्यवस्था गरिएको छ। आश्रमका अनुसार, उहाँको मानसिक स्वास्थ्यको अवस्थालाई ध्यानमा राख्दै थप उपचार प्रक्रिया अघि बढाइनेछ।
मानवसेवा आश्रमका बागलुङ संयोजक बिपना तामाङले भन्नुभयो, “समाजमा अझै पनि यस्ता धेरै नागरिक छन्, जसले परिवार र समाजको साथ नपाएर सडकमा बस्न बाध्य छन्। मानवसेवा आश्रमले उनीहरूको उद्धार र पुनर्स्थापना गर्न निरन्तर पहल गरिरहेको छ।”
यो उद्धार कार्यले समाजमा सकारात्मक सन्देश दिएको छ र यस्ता व्यक्तिहरूप्रति सबैको सहानुभूति र सहयोग आवश्यक रहेको देखिएको छ।
भ्याली खबर डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।