बागलुङमा एक मानसिक रुपमा अशक्त व्यक्तिको उद्धार, मानवसेवा आश्रमले लियो जिम्मेवारी
बागलुङ, मानसिक तथा शारीरिक रुपमा अशक्त अवस्थामा भेटिएका एक व्यक्तिको उद्धार बागलुङमा गरिएको छ। ४८ वर्षीय टेक पुन, जो पर्वत स्थाई घर बताउने, लामो समयदेखि मानसिक असन्तुलनका कारण सडकमा बसोबास गर्दै आइरहेका थिए।
स्थानीय नागरिक तथा समाजसेवीहरुको सहयोगमा एकबहादुरलाई बागलुङस्थित मानवसेवा आश्रमको शाखामा प्रारम्भिक उद्धारका लागि लगिएको थियो। उद्धारपछि उनको व्यक्तिगत सरसफाइ, लुगा परिवर्तन, स्वास्थ्य परीक्षण लगायतका प्राथमिक सेवाहरू प्रदान गरियो। तर, बागलुङ शाखामा स्थान अभाव रहेकोले उनलाई मानवसेवा आश्रमको पोखरा शाखामा स्थानान्तरण गरिएको छ, जहाँ अझ राम्रो स्याहार र आवासको व्यवस्था गरिएको छ। आश्रमका अनुसार, उहाँको मानसिक स्वास्थ्यको अवस्थालाई ध्यानमा राख्दै थप उपचार प्रक्रिया अघि बढाइनेछ।
मानवसेवा आश्रमका बागलुङ संयोजक बिपना तामाङले भन्नुभयो, “समाजमा अझै पनि यस्ता धेरै नागरिक छन्, जसले परिवार र स...










