८२ वर्षीय लील बहादुर गुरुङलाई मानवसेवा आश्रमद्वारा उद्धार, लमजुङको बेंसीसहर शाखामा स्थानान्तरण

पोखरा, १३ जेठ — गोरखा जिल्लाको पालुङटार नगरपालिका वडा नं. ८ निवासी ८२ वर्षीय लील बहादुर गुरुङलाई मानवसेवा आश्रम, पोखरा हेम्जा शाखाले उद्धार गरी लमजुङको बेंसीसहर शाखामा स्थानान्तरण गरेको छ।

गुरुङलाई मानसिक तथा शारीरिक अवस्था कमजोर रहेको, घरबार नभएको र आत्मनिर्भर जीवन यापन गर्न नसक्ने अवस्थाका कारण मानवसेवा आश्रम, पोखराको टोलीले उद्धार गरेको थियो। आश्रमको संरक्षणमा केही समय राखिएपछि उहाँलाई थप सहयोग र हेरचाहको लागि मानवसेवा आश्रम लमजुङ, बेंसीसहर शाखामा स्थानान्तरण गरिएको हो।

उक्त स्थानान्तरण प्रक्रिया मध्यनेपाल नगरपालिका वडा नं. ६, लमजुङको सिफारिसमा सम्पन्न भएको हो। वडा कार्यालयले गुरुङको अवस्थालाई गम्भीर रूपमा लिँदै आश्रममा राखिनु पर्ने आवश्यकताबारे सिफारिस गरेको थियो।

मानवसेवा आश्रमले विगत लामो समयदेखि घरबारविहीन, असहाय, मानसिक तथा शारीरिक रूपमा अशक्त नागरिकहरूलाई उद्धार, संरक्षण र पुनर्स्थापनाको सेवा दिँदै आएको छ। गुरुङको उद्धार र स्थानान्तरण मानवताको उत्कृष्ट उदाहरण भएको आश्रम स्रोतले जनाएको छ।

यस कार्यमा विशेष योगदान दिने मध्यनेपाल नगरपालिका वडा अध्यक्ष विष्णु भक्त पौडेलले सहयोगी भूमिका निर्वाह गरेका छन्। उनले सामाजिक उत्तरदायित्वअनुरूप असहाय नागरिकको जीवन रक्षा गर्न आश्रमसँग सहकार्य गरेका हुन्।

यसप्रकारका सेवाले समाजमा मानवता अझै जीवित रहेको र सहकार्यका माध्यमबाट सकारात्मक परिवर्तन सम्भव हुने सन्देश दिन्छ।

प्रतिक्रिया

Advertisement
Advertisement

छुटाउनुभयो कि ?

पोखरा पाँचकोट ५० किमि अल्ट्रा ट्रेल रेसको उपाधि मनकुमार रोका मगर र कल्पना बुढालाई

पोखरा पाँचकोट ५० किमि अल्ट्रा ट्रेल रेसको उपाधि मनकुमार रोका मगर र कल्पना बुढालाई

पोखरा,असोज २५ पोखरामा पहिलो पटक कास्कीका ऐतिहासिक तथा पर्यटकीय महत्व बोकेका पाँचवटा कोटलाई एउटै दौडमार्फत जोड्दै आयोजना गरिएको ‘प...
समावेशी समूहबाट कांग्रेस उपसभापतिमा विनोद चौधरीको उम्मेदवारी

समावेशी समूहबाट कांग्रेस उपसभापतिमा विनोद चौधरीको उम्मेदवारी

काठमाडौँ । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि भइरहेको उम्मेदवारी दर्तामा उद्यमी विनोद चौधरीले उपसभ...
उमा हमालद्वारा फिजियोथेरापी कक्षका लागि १ हजार अष्ट्रेलियन डलर याेगदान

उमा हमालद्वारा फिजियोथेरापी कक्षका लागि १ हजार अष्ट्रेलियन डलर याेगदान

क्यानबेरा, अष्ट्रेलिया । मानवसेवा आश्रमको मानवता प्रवर्द्धन अभियान अस्ट्रेलियाका विभिन्न राज्यमा सञ्चालन भइरहेको छ। सोही क्रममा क्...
कांग्रेस महाधिवेशनको बन्दसत्रका एजेन्डा तय गर्न केन्द्रीय कार्यसमिति बैठक शुरू

कांग्रेस महाधिवेशनको बन्दसत्रका एजेन्डा तय गर्न केन्द्रीय कार्यसमिति बैठक शुरू

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय कार्यसमितिको बैठक शुरू भएको छ। चिया नास्ता र खाजापछि नेताहरू खुलामञ...
जल तथा ऊर्जा आयोगको सचिवालयले सुरु गर्‍यो पोलिसी डायलग

जल तथा ऊर्जा आयोगको सचिवालयले सुरु गर्‍यो पोलिसी डायलग

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमातहतको जल तथा ऊर्जा आयोगको सचिवालय(वेक्स)ले नीतिगत सम्वाद सुरु गरेको छ । नीति निर्म...
शोभा गौतम पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा विजयी, अब संघको नेतृत्व सम्हाल्ने

शोभा गौतम पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा विजयी, अब संघको नेतृत्व सम्हाल्ने

पोखरा । पोखरा उद्योग वाणिज्य संघको ३६औँ महाधिवेशनबाट शोभा गौतम अध्यक्ष पदमा विजयी भएकी छन्। उद्योगी–व्यवसायीहरूको विश्वास र समर्थन...
मानवसेवा आश्रम लमजुङ भवन निर्माण तीव्र बनाइँदै, मंसिरमा गृहप्रवेश र माघमा उद्घाटनको लक्ष्य

मानवसेवा आश्रम लमजुङ भवन निर्माण तीव्र बनाइँदै, मंसिरमा गृहप्रवेश र माघमा उद्घाटनको लक्ष्य

लमजुङ, — बेँसीशहर नगरपालिका–९ मा निर्माण भइरहेको मानवसेवा आश्रमको भवन निर्माण कार्यलाई तीव्रता दिइने भएको छ। निर्माण स्थलमै आश्रमक...
पोखरा उद्योग वाणिज्य संघ अध्यक्षकी आकांक्षी शोभा गौतमद्वारा प्यानल घोषणा

पोखरा उद्योग वाणिज्य संघ अध्यक्षकी आकांक्षी शोभा गौतमद्वारा प्यानल घोषणा

पोखरा । पोखरा उद्योग वाणिज्य संघको आगामी भदौ २० र २१ गते आयोजना हुने ३६औँ महाधिवेशनलाई लक्षित गर्दै अध्यक्ष पदकी आकांक्षी शोभा गौत...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज