८२ वर्षीय लील बहादुर गुरुङलाई मानवसेवा आश्रमद्वारा उद्धार, लमजुङको बेंसीसहर शाखामा स्थानान्तरण
पोखरा, १३ जेठ — गोरखा जिल्लाको पालुङटार नगरपालिका वडा नं. ८ निवासी ८२ वर्षीय लील बहादुर गुरुङलाई मानवसेवा आश्रम, पोखरा हेम्जा शाखाले उद्धार गरी लमजुङको बेंसीसहर शाखामा स्थानान्तरण गरेको छ।
गुरुङलाई मानसिक तथा शारीरिक अवस्था कमजोर रहेको, घरबार नभएको र आत्मनिर्भर जीवन यापन गर्न नसक्ने अवस्थाका कारण मानवसेवा आश्रम, पोखराको टोलीले उद्धार गरेको थियो। आश्रमको संरक्षणमा केही समय राखिएपछि उहाँलाई थप सहयोग र हेरचाहको लागि मानवसेवा आश्रम लमजुङ, बेंसीसहर शाखामा स्थानान्तरण गरिएको हो।
उक्त स्थानान्तरण प्रक्रिया मध्यनेपाल नगरपालिका वडा नं. ६, लमजुङको सिफारिसमा सम्पन्न भएको हो। वडा कार्यालयले गुरुङको अवस्थालाई गम्भीर रूपमा लिँदै आश्रममा राखिनु पर्ने आवश्यकताबारे सिफारिस गरेको थियो।
मानवसेवा आश्रमले विगत लामो समयदेखि घरबारविहीन, असहाय, मानसिक तथा शारीरिक रूपमा अशक्त नागरिकहरूलाई उद्धार, संरक्षण ...











