पोखरा, पोखरा महानगरपालिका वडा नं ७ का जनप्रतिनिधिहरूले आफ्नो चौथो पदस्थापन दिवसको अवसरमा सामाजिक उत्तरदायित्व निर्वाह गर्दै मानव सेवा आश्रम, हेमजा शाखामा करिब ४० हजार रुपैयाँ बराबरको आवश्यक खाद्यान्न तथा सामग्री वितरण गरी दिवस मनाएका छन्।
वडा अध्यक्ष राम मोहन आचार्यज्यूले शुभकामना व्यक्त गर्दै भन्नुभयो, “हामीले हाम्रो पदस्थापन दिवस बर्सेनि उनीहरूसँग मनाउँदै आएका छौँ, जोसँग आफ्नो परिवार छैन। आगामी वर्ष पनि यस्तै सेवामूलक कार्यलाई निरन्तरता दिने छौं।”
यस वर्ष आश्रममा बसोबास गर्ने १३७ जना सेवा लाभार्थीलाई वडा नं ७ का जनप्रतिनिधिहरू र स्थानीयहरूको सहकार्यमा बिहानको खाजा सेवा समेत प्रदान गरिएको थियो।
गत वर्ष पनि पदस्थापन दिवसको अवसरमा मानव सेवा आश्रमको हेमजा शाखा र चोरपाटन शाखामा खाद्यान्न तथा सहयोग वितरण गरिएको थियो।
मानव सेवामार्फत समाजमा सकारात्मक सन्देश प्रवाह गर्न जनप्रतिनिधिहरूको पहलले स्थानिय तहमा जनप्रतिनिधिको भूमिकालाई अझ जनमुखी बनाएको छ। कार्यक्रममा वडा सदस्यहरू, सामाजिक अभियन्ताहरू, स्थानीयवासी तथा स्वयंसेवकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
भ्याली खबर डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।