Day: १३ जेष्ठ २०८२, सोमबार

पोखरा–७ का जनप्रतिनिधिहरूद्वारा चौथो पदस्थापन दिवस मानवसेवामार्फत मनाइयो

पोखरा–७ का जनप्रतिनिधिहरूद्वारा चौथो पदस्थापन दिवस मानवसेवामार्फत मनाइयो

समाचार
पोखरा,  पोखरा महानगरपालिका वडा नं ७ का जनप्रतिनिधिहरूले आफ्नो चौथो पदस्थापन दिवसको अवसरमा सामाजिक उत्तरदायित्व निर्वाह गर्दै मानव सेवा आश्रम, हेमजा शाखामा करिब ४० हजार रुपैयाँ बराबरको आवश्यक खाद्यान्न तथा सामग्री वितरण गरी दिवस मनाएका छन्। वडा अध्यक्ष राम मोहन आचार्यज्यूले शुभकामना व्यक्त गर्दै भन्नुभयो, “हामीले हाम्रो पदस्थापन दिवस बर्सेनि उनीहरूसँग मनाउँदै आएका छौँ, जोसँग आफ्नो परिवार छैन। आगामी वर्ष पनि यस्तै सेवामूलक कार्यलाई निरन्तरता दिने छौं।” यस वर्ष आश्रममा बसोबास गर्ने १३७ जना सेवा लाभार्थीलाई वडा नं ७ का जनप्रतिनिधिहरू र स्थानीयहरूको सहकार्यमा बिहानको खाजा सेवा समेत प्रदान गरिएको थियो। गत वर्ष पनि पदस्थापन दिवसको अवसरमा मानव सेवा आश्रमको हेमजा शाखा र चोरपाटन शाखामा खाद्यान्न तथा सहयोग वितरण गरिएको थियो। मानव सेवामार्फत समाजमा सकारात्मक सन्देश प्रवाह गर्न जनप्रतिनिधिहरू...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज