कोटिहोममा भक्तजनको उपस्थिति बढ्दै, भोलि गायिका समीक्षा अधिकारी आउँदै

पोखरा, २५ वैशाख । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा भक्तजनको उपस्थिति बढ्दै गएको छ ।

महायज्ञमा जसले जे सक्छ त्यही दान गर्ने व्यवस्था गरिएको छ ।  जसले गर्दा भक्तजन कोटिहोममा केही न केही दान गरेर पुण्य लाभ लिन आउनको सङ्ख्या बढ्दै गएको छ । आर्थिक सहयोग गर्नेले आर्थिक, आर्थिक नसक्नेले महायज्ञ परिसरमा चाहिने दैनिक सामाग्री पनि सहयोग गर्ने सक्ने व्यवस्था कोटिहोममा मिलाईएको छ ।

बिहीबार पनि कोटिहोममा दान गर्ने भक्तजनको सङ्ख्या उल्लेख्य रहेको थियो । कोटिहोममा देशभरका जिल्लाबाट विभिन्न सङ्घ संस्था,  आमा समूह व्यक्तिबाट सहयोग आउने क्रम जारी रहेको छ ।

यसैक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी गण्डकी प्रदेशका अध्यक्ष तथा गण्डकी प्रदेश सरकार पूर्व मन्त्री पञ्चराम गुरुङले ५१ हजार, पोखरा–१५ का दिननाथ तिमिल्सिनाले २५ हजार ५, पोखरा– १५ प्रतिभाटोलकी राधिका खत्रीले २५ हजार २५ दान गरेको आयोजकले जनाएको छ ।

कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय प्रजातन्त्र पार्टी गण्डकी प्रदेशका अध्यक्ष तथा गण्डकी प्रदेश सरकारका पूर्व मन्त्री पञ्चराम गुरुङले पोखरा जारी कोटिहोम तपो भूमि र देवभूमिको रूपमा रहेको बताएका छन् ।

महायज्ञका सङ्कल्पकर्ता वालयोगेश्वर विजय श्रीकृष्ण मूर्तीले हरेक तनावका बीचमा पनि ऐतिहासिक कोटिहोम गरेर सफलता हात पारेको उनको भनाई थियो ।

‘आफ्नो जीवन बुद्धिमानपूर्वक जिउछ उ व्यक्ति मृत्यु सँग कहिल्यै पनि डराउँदैन । यस्तो व्यक्ति हो वालयोगेश्वर विजय श्रीकृष्ण मूर्ति महाराज’ उनले भने, ‘विभिन्न आरोप प्रति आरोप कष्ट पार गर्दै विशाल महायज्ञ गर्न सफल हुनु भयो यहाँ प्रति हामी आभारी छौ ।’

उनले शास्त्र हराए संस्कार हराउने, संस्कार हराए परम्परा हराउने र परम्परा हराए हामी नै हराउने स्थिति सृजना हुने बताउँदै तपाई हामी मिलेर नै यो देशलाई हिन्दु राष्ट्र बनाउनु पर्ने तर्क गरे । उनले महायज्ञमा ५१ हजार रुपैयाँ सहयोग गरे ।

कोटिहोममा बिहीवार नेपाली काँग्रेसकी केन्द्रीय सदस्य तथा संविधान सभा सदस्य शारदा पौडेल प्रदेश सभाका सदस्य सुनिता थापा विशेष आकर्षणको रूपमा हास्य कलाकार जोगिन्दर पानवाला शिव शङ्कर प्रसाद रिजाल, नेपालकै पहिलो महिला रेस्लर भगवती खड्का युनिका, एनआरएन उत्तर–दक्षिण अमेरिका क्षेत्रका उपसंयोजक विश्व बास्तोला लागयतको उपस्थिति रहेको थियो ।

यस्तै कोटिहोममका भोलि शुक्रवार चर्चित गायिका पोखरेली चेली समीक्षा अधिकारी र शनिवार चर्चित लोकगायक पशुपति शर्मा,  राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त लोक गायिका तथा फाउन्डेसनकी केन्द्रीय उपाध्यक्ष राधिका हमालको भजन प्रस्तुति तथा विशेष साङ्गीतिक कार्यक्रम प्रस्तुत रहने प्रचार प्रसार संयोजक लेखराज ढकालले जानकारी दिए । उनका अनुसार आइतबार लोकदोहोरी गायिका अस्मीता ढल्लाकोटीको पनि सहभागिता रहने छ।

कोटिहोममा जेठको पहिलो हप्ता राष्ट्रव्यापी खुल्ला वक्तृत्वकला प्रतियोगिता हुने भएको छ ।
‘सनातन संस्कृति, गण्डकी कोटिहोम र हामी विद्यार्थी’ भन्ने शीर्षकमा प्रतियोगिता हुन लागेको प्रतियोगिता संयोजक पब्लिक स्पीकर, मोटीभेटर, शिक्षा तथा संस्कृतिविद्  डा. तुलसी प्रभास खनालले जानकारी दिए ।

उनका अनुसार देशभरबाट कक्षा ८ देखि १२ सम्मका विद्यार्थी उक्त वक्तृत्वकला प्रतियोगितामा सहभागिता जनाउन पाउनेछन् । एसईई तथा कक्षा ११ को परीक्षा दिएका विद्यार्थी पनि प्रतियोगिता सहभागिता जनाउन पाउनेछन् ।

प्रतियोगितामा  प्रथम हुनेलाई ५१ हजार १ सय ५१, द्वितीय हुनेलाई ४१ हजार १ सय ४१, तृतीय हुनेलाई ३१ हजार १ सय ३१ र सान्त्वना हुनेलाई २१ हजार १ सय २१ र विविध सम्मान गरिने छ ।
कोटिहोममा यही वैशाख २७ गते शनिवार १ हजार भन्दा बढी बालिका सहभागी गराएर पूजा गरिने भएको छ ।  उक्त अवसरमा  तीनदेखि नौ वर्ष उमेर समूहका १ हजार बढी कन्या सहभागी गराएर पूजा गर्ने तयारी भइरहेको प्रचारप्रसार संयोजक लेखराज ढकालले जानकारी दिए ।
संयोजक ढकालका अनुसार ७० वर्षभन्दा माथि उमेर पुगेका १ हजार भन्दा बढी ज्येष्ठ नागरिकलाई पनि सम्मान गर्ने तयारी भएको छ ।

कोटिहोममा यही वैशाख २९ गते चौरासी पूजन कार्यक्रम गरिने भएकाले आमाबुवाहरूको उपस्थितिमा, सवा करोड पार्थिव शिवलिड्डको निर्माण गरी भगवान् शिवको आशीर्वाद प्राप्त  गर्ने महत्त्वपूर्ण कर्म, १८ पुराण, ४ वेद र १०८ श्रीमद्भागवत पाठ पारायण श्रवण साथै वेद, पुराण र भागवद मध्ये कुनै एकको कर्ता बन्ने अवसर, भूमि पूजनका लागि आफ्नो घरमा जमिनको एक मुठी माटो ल्याइ भूमि पूजन जस्तो महत्त्वपूर्ण कर्ममा सहभागी हुने व्यवस्था रहेको छ ।

त्यसै गरी पितृ उद्धार, पारिवारिक सुख, शान्ति, सु–स्वास्थ्य र समृद्धिका लागि आफ्नो घर परिवार तथा आफ्ना पितृहरूको नाममा २१ कोटि दीप प्रज्वलन गर्ने, तुला दान कर्मका लागि आफ्ना पूजनीय आमाबुवाहरूलाई तुला दानका लागि कोटिहोम स्थलमा सहभागी गराउने,  वैवाहिक जीवनमा जोडिन इच्छुक सबैलाई शुभ विवाह कार्यक्रम, रुद्राभिषेक महा अनुष्ठान, अति रुद्री, लुघुरुद्री आदि पुण्यमयी कर्ममा सहभागी हुने व्यवस्था रहेको छ ।

कोटिहोममा ४ सय बढी व्रामणले दैनिक भगवानको नाममा आहुति अर्पण गरिरहेका छन्। पावन भूमिमा आयोजित १ सय कुण्डीय कोटिहोमको हवन कुण्डका लागि जौ, तिल, घिउ आदि हवन सामग्री दान गर्ने र हवन कुण्ड परिक्रममा गर्ने व्यवस्था रहेको मानव सेवा फाउन्डेसन व्यवस्थापक विष्णु थापाले जानकारी दिए । कोटिहोममा पवित्र कर्मकाण्ड र धार्मिक विधिअनुसार विधिपूर्वक सामूहिक व्रतबन्ध भएको छ ।

कोटीहोममा सात दिन प्रवचन दिनका लागि वैशाख २८ देखि जेठ ३ गतेसम्म वाचन प्रवीण पं. दिनबन्धु पोखरेल,  जेठ १४ देखि २२ गतेसम्म प्रसिद्ध कथा वाचिका राधिका दासी, श्रीराम कथा वाचिका देवी चन्द्रकला सखी, दार्शनिक प्रवचनकर्ता चैतन्यकृष्ण महाराज सहभागी हुने महायज्ञ मूल आयोजक समितिका सह निर्देशक युवक लामिछानेले जानकारी दिए ।

कोटीहोममा राष्ट्रिय भजन प्रतियोगिता, ख

प्रतिक्रिया

Advertisement
Advertisement

छुटाउनुभयो कि ?

पोखरा पाँचकोट ५० किमि अल्ट्रा ट्रेल रेसको उपाधि मनकुमार रोका मगर र कल्पना बुढालाई

पोखरा पाँचकोट ५० किमि अल्ट्रा ट्रेल रेसको उपाधि मनकुमार रोका मगर र कल्पना बुढालाई

पोखरा,असोज २५ पोखरामा पहिलो पटक कास्कीका ऐतिहासिक तथा पर्यटकीय महत्व बोकेका पाँचवटा कोटलाई एउटै दौडमार्फत जोड्दै आयोजना गरिएको ‘प...
समावेशी समूहबाट कांग्रेस उपसभापतिमा विनोद चौधरीको उम्मेदवारी

समावेशी समूहबाट कांग्रेस उपसभापतिमा विनोद चौधरीको उम्मेदवारी

काठमाडौँ । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि भइरहेको उम्मेदवारी दर्तामा उद्यमी विनोद चौधरीले उपसभ...
उमा हमालद्वारा फिजियोथेरापी कक्षका लागि १ हजार अष्ट्रेलियन डलर याेगदान

उमा हमालद्वारा फिजियोथेरापी कक्षका लागि १ हजार अष्ट्रेलियन डलर याेगदान

क्यानबेरा, अष्ट्रेलिया । मानवसेवा आश्रमको मानवता प्रवर्द्धन अभियान अस्ट्रेलियाका विभिन्न राज्यमा सञ्चालन भइरहेको छ। सोही क्रममा क्...
कांग्रेस महाधिवेशनको बन्दसत्रका एजेन्डा तय गर्न केन्द्रीय कार्यसमिति बैठक शुरू

कांग्रेस महाधिवेशनको बन्दसत्रका एजेन्डा तय गर्न केन्द्रीय कार्यसमिति बैठक शुरू

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय कार्यसमितिको बैठक शुरू भएको छ। चिया नास्ता र खाजापछि नेताहरू खुलामञ...
जल तथा ऊर्जा आयोगको सचिवालयले सुरु गर्‍यो पोलिसी डायलग

जल तथा ऊर्जा आयोगको सचिवालयले सुरु गर्‍यो पोलिसी डायलग

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमातहतको जल तथा ऊर्जा आयोगको सचिवालय(वेक्स)ले नीतिगत सम्वाद सुरु गरेको छ । नीति निर्म...
शोभा गौतम पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा विजयी, अब संघको नेतृत्व सम्हाल्ने

शोभा गौतम पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा विजयी, अब संघको नेतृत्व सम्हाल्ने

पोखरा । पोखरा उद्योग वाणिज्य संघको ३६औँ महाधिवेशनबाट शोभा गौतम अध्यक्ष पदमा विजयी भएकी छन्। उद्योगी–व्यवसायीहरूको विश्वास र समर्थन...
मानवसेवा आश्रम लमजुङ भवन निर्माण तीव्र बनाइँदै, मंसिरमा गृहप्रवेश र माघमा उद्घाटनको लक्ष्य

मानवसेवा आश्रम लमजुङ भवन निर्माण तीव्र बनाइँदै, मंसिरमा गृहप्रवेश र माघमा उद्घाटनको लक्ष्य

लमजुङ, — बेँसीशहर नगरपालिका–९ मा निर्माण भइरहेको मानवसेवा आश्रमको भवन निर्माण कार्यलाई तीव्रता दिइने भएको छ। निर्माण स्थलमै आश्रमक...
पोखरा उद्योग वाणिज्य संघ अध्यक्षकी आकांक्षी शोभा गौतमद्वारा प्यानल घोषणा

पोखरा उद्योग वाणिज्य संघ अध्यक्षकी आकांक्षी शोभा गौतमद्वारा प्यानल घोषणा

पोखरा । पोखरा उद्योग वाणिज्य संघको आगामी भदौ २० र २१ गते आयोजना हुने ३६औँ महाधिवेशनलाई लक्षित गर्दै अध्यक्ष पदकी आकांक्षी शोभा गौत...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज