कोटिहोममा भक्तजनको उपस्थिति बढ्दै, भोलि गायिका समीक्षा अधिकारी आउँदै
पोखरा, २५ वैशाख । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा भक्तजनको उपस्थिति बढ्दै गएको छ ।
महायज्ञमा जसले जे सक्छ त्यही दान गर्ने व्यवस्था गरिएको छ । जसले गर्दा भक्तजन कोटिहोममा केही न केही दान गरेर पुण्य लाभ लिन आउनको सङ्ख्या बढ्दै गएको छ । आर्थिक सहयोग गर्नेले आर्थिक, आर्थिक नसक्नेले महायज्ञ परिसरमा चाहिने दैनिक सामाग्री पनि सहयोग गर्ने सक्ने व्यवस्था कोटिहोममा मिलाईएको छ ।
बिहीबार पनि कोटिहोममा दान गर्ने भक्तजनको सङ्ख्या उल्लेख्य रहेको थियो । कोटिहोममा देशभरका जिल्लाबाट विभिन्न सङ्घ संस्था, आमा समूह व्यक्तिबाट सहयोग आउने क्रम जारी रहेको छ ।
यसैक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी गण्डकी प्रदेशका अध्यक्ष तथा गण्डकी प्रदेश सरकार पूर्व मन्त्री पञ्चराम गुरुङले ५१ हजार, पोखरा–१५ का दिननाथ तिमिल्सिनाले २५ हजार ५, पोखरा– १५ प्रतिभाटोलकी राधिका खत्रीले...










