पोखरा कोटिहोम महायज्ञमा भोलि ११ हजार विशाल शोभा कलश यात्रा हुने

पोखरा, १५ बैशाख । पोखरा महानगरपालिका वडा नं. १७, बिरौटास्थित हरिहर मन्दिर परिसरमा मानव सेवा फाउण्डेशनद्वारा आयोजित गण्डकी कोटिहोम महायज्ञ धार्मिक र सांस्कृतिक उत्सवको प्रमुख केन्द्र बनेको छ ।

वैशाख ३ गते भूमिपूजन र यज्ञकुण्ड निर्माण भएपछि चैत्र २९ गतेदेखि अनुराधा पाण्डेद्वारा श्यामद भागवत कथा प्रवचनको शुरुवातसँगै महायज्ञमा दैनिक रुपमा कथा वाचन शुरु भएको हो । महायज्ञमा हाल अन्तराष्ट्रिय कथा बाचिक देवी प्रतिभाले कथा वाचन गरेकी छन् । देवी प्रतिभाले बैशाख १८ गते सम्म कथा वाचन गर्ने कार्यक्रम रहेको महायज्ञ मुल आयोजक समितिका सह निर्देशक युवक लामिछानेले जानकारी दिए ।
लामिछानेका अनुसार आगामि दिनमा दीनबन्धु पोखरेल, चैतन्यकृष्ण महाराज, सुप्रिया किशोरीलगायत राष्ट्रिय वक्ताहरूको सहभागिता रहने छ।
महायज्ञमा सोमबार देवी प्रतिभाले कथा वाचन गर्ने क्रममा भगवान कृष्णको जन्म उत्सव मनाई सम्पूर्णलाई फुल मिठाई मार्फ मनोरञ्जन दिलाइएको थियो । भगवान कृष्णको कथा वाचनका क्रममा १० औ दिन यसरीनै भगवान कृष्णको जन्म उत्सव मनाइने गरिएको छ । महायज्ञमा देवि प्रतिभाको सोमबार कथा वाचनको १० औं दिन चलेको छ ।
महायज्ञमा साधु–सन्त, भक्तजन, स्वयंसेवक, महिला समूह, बालबालिका र जनप्रतिनिधिको सक्रिय सहभागिताले महायज्ञ पोखरेली समाजको साझा उत्सवको रूपमा स्थापित भएको छ।
गण्डकी कोटिहोम महायज्ञले धार्मिक पर्यटन प्रवद्र्धनमा दीर्घकालीन योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।
स्थानीय समुदायको उत्साहपूर्ण सहभागिता, सांस्कृतिक कार्यक्रम र आध्यात्मिक प्रवचनहरूले महायज्ञलाई पोखराको धार्मिक र सांस्कृतिक पहिचानको महत्वपूर्ण हिस्सा बनाएको आयोजकको दावी छ । आयोजकले यसलाई सामाजिक एकता, सांस्कृतिक जागरण र आध्यात्मिक उत्थानको अवसरका रूपमा अघि बढाएका छन्, जसले पोखरालाई धार्मिक गन्तव्यको रूपमा थप स्थापित गर्ने विश्वास गरिएको छ।
मानवसेवा फाउण्डेशनको आयोजनामा वैशाख १७ देखि औपचारिक रुपमा उद्घाटन हुने ऐतिहासिक महायज्ञ अन्तर्गतका विभिन्न प्रवचन एवम धार्मिक कार्यक्रमहरु भने जारी रहेका छन् । महायज्ञ जेठ २६ गतेसम्म चल्नेछ ।
महायज्ञ प्रचार प्रसारका लागि वैशाख १६ गते बिहान ७ वजे भव्य शोभा कलश यात्रा आयोजना हुने छ जसका लागि सोमबार साँझ ११ हजार कलश सजाइने कार्यक्रम तय भएको आयोजकले जनाएको छ ।
महायज्ञलाई भव्य रुपमा सम्पन्न गर्नका लागि बैशाख १६ गते ऐतिहासिक विशाल शोभा कलश यात्रा गरिने लागेको कोटिहोम महायज्ञका संकल्पकर्ता वालयोगेश्वर विजय श्रीकृष्ण मूर्तीजीले जानकारी दिए।
शोभा कलश यात्रा पोखराको शान्तिघाटबाट शुरु भई नयाँ बजार, पृथ्वीचोक, सिर्जना चोक, राष्ट्रबैक चोक, हुदै कार्यक्रम स्थलमा पुग्ने छ । उक्त शोभा कलश यात्रामा गंगाको जलसँगै ११ हजार कलश रहने छन् ।
शोभा कलश यात्रामा देशभरबाट सहभागिता जनाउन सकिने छ। शोभा कलश यात्रामा प्रयोग गरिएका कलश महायज्ञ सकिएपछि प्र्रति कलश १ हजार ३ र दुई वटा कलश २ हजार पाँच सयमा घरमा लैजान सकिने व्यवस्था मिलाईएको मानव सेवा फाउण्डेशन नेपालका व्यवस्थापक विष्णु थापाले जानकारी दिए ।
शोभा कलश यात्रामा समूह, भेषभुषा, अनुशाशन व्यानर लगायतमा आउने समूहलाई पुरस्कारको व्यवस्था समेत गरिएको मुल समारोह समितिका महासचिव गिरीराज अधिकारीले जानकारी दिए ।
शोभा कलश यात्रालाई सफल बनाउनका लागि सम्पूर्ण तयारी पुरा भएको कलश यात्रा कार्यक्रम संयोजक दुर्गा केसीले जानकारी दिइन् ।
ॅशोभा कलश यात्रामा जिल्ला वाहिरबाट पनि उल्लासमय सहभागिता रहने हामीले अपेक्षा गरेका छौ’ संयोजक केसीले भनिन्, ॅशोभा कलश यात्रामा जतिसक्दो बढि सहभागिता जनाउनका लागि अनुरोध गर्दछु ।’
कलश यात्रामा जगद्गुरु, साधु, सन्त, महन्त, प्रसिद्ध कथा वाचक, वाचिकाबाट विशेष शास्त्रीय प्रवचन हुनभएको छ । महायज्ञको मुख्य दिन बैशाख १७ देखी जेठ २६ गतेसम्म सयौं गुरुहरूद्वारा नियमित हवन तथा अनेकौँ पुण्यमय कर्महरू गरिने आयोजकले जनाएको छ । उक्त कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्याति प्राप्त कलाकारहरूबाट भजन, झाँकी, देवलीला, नृत्य लगायत प्रस्तुति हुनेछन् । कार्यक्रम अवधिभर देश विदेशबाट कार्यक्रम विभिन्न सामाजिक अभियन्ता तथा राजनीतिक दलका नेताहरूको आगमन हुने जनाईएको छ ।
यसअघि प्रचार प्रचारका लागि साइकल र्‍याली, ट्याक्सी र्‍याली, मोटरसाइकल र्‍याली र पैदल यात्रा कार्यक्रम भइसकेका छन् ।
कोटीहोम अवधिभर श्रीमद्भागवत कथा, राम कथा, शिवमहापुराण कथा, हनुमत कथा, श्रीमददेवी भागवत कथा जस्ता दिव्य कथावाचन गरिनेछ । यसका अतिरिक्त, विवाह, ब्रतबन्ध, चौरासी पूजा, तुलादान, प्रत्येक नेपालीको नाममा कोटी दीप प्रज्वलनलगायतका कार्यक्रमहरु राखिएको छ ।
कोटिहोममा ४१ दिनसम्म निरन्तर हवन हुने भएकाले श्रद्धालुहरूलाई घ्यू, तील, तेल, देवदारु, श्रीखण्ड लगायतका सामग्री लिएर उपस्थित हुन फाउण्डेशनले अनुरोध गरेको छ ।
आयोजकले सामाजिक सञ्जालमा मानवसेवाफाउण्डेशन र गण्डकीकोटिहोम ह्यासट्याग प्रयोग गरी छोटा भिडियो बनाउने व्यक्तीलाई २५ हजार सम्मको पुरस्कार र सम्मानपत्र प्रदान गर्ने घोषणा गरेका छन्। यो पहलले युवा र समुदायको रचनात्मक सहभागितालाई प्रोत्साहन आयोजकले अपेक्षा गरेको छ ।
राष्ट्र शान्ति, विश्व कल्याण, धार्मिक पर्यटन प्रवर्धन, तथा असहाय बालबालिका र ज्येष्ठ नागरिकहरूको संरक्षणार्थ महायज्ञमा आयोजना गरिएको हो । महायज्ञमा भक्तजन, दानविरदाताहरुको पनि उपस्थित बाक्लिदै गएको छ ।

प्रतिक्रिया

Advertisement
Advertisement

छुटाउनुभयो कि ?

रास्वपा बागलुङको नेतृत्वमा ढालेन्द्र माझी, ११ मतान्तरले पुनम शर्मालाई पराजित

रास्वपा बागलुङको नेतृत्वमा ढालेन्द्र माझी, ११ मतान्तरले पुनम शर्मालाई पराजित

बागलुङ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागलुङको जिल्ला सभापतिमा ढालेन्द्र माझी निर्वाचित हुनुभएको छ। शनिबार बागलुङ बजारम...
हेम्जामा मानवसेवा आश्रमको महायज्ञ: भवन निर्माण सम्पन्न गर्न सहयोग आह्वान

हेम्जामा मानवसेवा आश्रमको महायज्ञ: भवन निर्माण सम्पन्न गर्न सहयोग आह्वान

पोखरा,  मानवसेवा आश्रम कास्की (हेम्जा) शाखाले निर्माणाधीन भवन सम्पन्नता तथा सेवा विस्तारका लागि बैशाख १९ गतेदेखि २६ गतेसम्म “श्रीम...
पोखरा–१९ मा प्रेरणादायी कार्यक्रम सम्पन्न, महायज्ञका लागि आह्वान

पोखरा–१९ मा प्रेरणादायी कार्यक्रम सम्पन्न, महायज्ञका लागि आह्वान

पोखरा, पोखरा महानगरपालिका–१९, भक्तिपथ स्थित श्री गणेश मन्दिर जेष्ठ नागरिक मिलन केन्द्रमा मानवसेवा आश्रमका संस्थापक तथा प्रेरणादाय...
५ करोडको कारोवार गर्दै सकियो आलु महोत्सव

५ करोडको कारोवार गर्दै सकियो आलु महोत्सव

पोखरा, ५ वैशाख ।५ करोड बढीको कारोवार गर्दै १४ औँ राष्ट्रिय हेमजा आलु महोत्सव शनिबारदेखि सकिएको छ। गत २७ चैतबाट सुरु उक्त महोत्स...
मानवसेवा आश्रम कास्कीद्वारा श्रीमद्भागवत् सप्ताह महायज्ञ आयोजना

मानवसेवा आश्रम कास्कीद्वारा श्रीमद्भागवत् सप्ताह महायज्ञ आयोजना

पोखरा । मानवसेवा आश्रम कास्की शाखाले निर्माणाधीन भवन सम्पन्नता, लक्ष्मी–नारायण मन्दिर निर्माण, मुण्डिनाथ धर्मशाला (सेवा आश्रम) स्थ...
१४ औँ राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीव्र

१४ औँ राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीव्र

पोखरा, चैत्र २१ । यही चैत २७  देखि वैशाख ५ गतेसम्म हुने १४ औँ संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीव्र पारिएको छ।विष्णु...
प्रधानमन्त्री शाहको प्रेस तथा अनुसन्धान विज्ञमा दिपा दाहाल नियुक्त

प्रधानमन्त्री शाहको प्रेस तथा अनुसन्धान विज्ञमा दिपा दाहाल नियुक्त

काठमाडौंः प्रधानमन्त्री वालेन्द्र शाहको प्रेस तथा अनुसन्धान विज्ञ पदमा खोजपत्रकार, लेखक एवं लेक्चरर दिपा दाहाल नियुक्त हुनुभएको छ।...
संसदबाटै रास्वपाका सभापति लामिछानेद्वारा दलित समुदायसँग माफी

संसदबाटै रास्वपाका सभापति लामिछानेद्वारा दलित समुदायसँग माफी

काठमाडौं, १९ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले दलित समुदायप्रति संसदबाटै सार्वजनिक तथा सामूहिक मा...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज
blog303.pro prediksitotowap.com agensbobet.us pojokgol.net WINNING303 LOGIN WINNING303 WINNING303 LOGIN WINNING303 OFFICIAL WINNING303 WINNING303 WINNING303 WINNING303 WINNING303 WINNING303 WINNING303 WINNING303 xideout.com m.joesutherland.rocks m.minormakerslab.nl web.kaffebryggan.com web.lemonhuang.com mail.qixiaodong.com web10.kenpower.com web09.thinksaydo.com cpanel.elastichq.org web.jinyili.top u0.cx m.willhamill.com web.seqpipe.com web.quantbot.org ftp.rogerstech.co.uk mail.kislyuk.com cpanel.boughtonplace.co.uk m.dogtaggames.com benesseremassaggi.ch web.homelab.lt univarch.com ftp.edithkolkman.nl web.kryptomonitor-project.info ftp.glaive.org web.kubamracek.com mail.jpbriend.fr sanvigowda.com evermoss.io m.stotesburytransfer.com en.benchmarkdotnet.org news.mysite.f5.si web.nnise.com web.joannekirkham.com mail.urzagatherer.app mail.arno.app m.arno.app web.trumptweettrack.com app.trumptweettrack.com app.ruby-sapporo.org genclude.com app.storybookhomes.com mail.freecoder.me api.storybookhomes.com app.burpandfartpiano.com app.abinsgroup.com app.thepicturehouseproject.com api.thepicturehouseproject.com m.marie-manandise.net m.inigoalonso.com api.gruelbox.com web.keepsake.de mail.laxaltandmciver.co mail.shumbaconsulting.ca mail.ramnes.eu ftp.iamjimtaylor.com mail.scottie.io trijssenaar.nl jellyjoeai.buzz mail.rajatarora.in alchemy2.metasophiea.com avaota.dongshanpi.com b.tomreznick.com juanmeleiro.com.br api.keepsake.de jaqui.sh israelsucks.org blescred.com.br dantbrady.page keparal.cn carlos-olivares.com crazygriferman.com quinnsamms.com odsellar.com azucena-marroquin.com chriskacerguis.com brianmoody.dev brdlf.dev zrozumpsiakaikociaka.pl sfur.st sintbvvindmijnpet.nl salesforcedebuglogs.com maddieposhard.dev wsnd.cc dezemisiknog.nl kailaconsulting.ca amandahatt.ca pc01.it solini.net y-ambition.com rzem.io retake.live milatrade.de pianorepair.gr sumeshjagtani.com redublank.de m.kzngr.de m.keihan.or.jp m.blakeboxberger.dev m.liam.geek.nz web.rickbutler.com web.r8r.io web.kzngr.de mail.router.gallery web.remybach.dev pop.latex2html.org mail.scoutmasterbucky.com mail.iact.info web.jmajhemela.eu ftp.intercont.hu ftp.pointech.net web.projectsprouts.com web.liamfiddler.com web.jessicawinter.eu mail.hiromu.phd cpanel.amerisouthrealty.com mail.pulaipieci.arno.app mail.jackphelps.net web.burpandfartpiano.com mail.retrocombs.com mail.hurshagrawal.com m.maximeborry.com m.semverdoc.org m.theevolutionofthearm.com m.hyrulezelda.hkotek.com web.rich-knight.com web.houseofbim.com web.kaszyn.ski web.liangxiaolei.fun web.sethome.cc web.ifeng.blog mail.gruelbox.com web.putsvackfonsterputs.se web.preview-dai.com web.kayleelubick.com web.hadass-sternberg.com web.kononovicius.lt m.daxsoftronics.com m.alhassanjawad.com m.nodiagnosticrequired.tv mail.jewelmlnarik.com web.sharpsbeats.com web.josecuevas.xyz mail.semverdoc.org mail.ieahts.org cpanel.sj-li.com m.thereproject.org web04.tobybase.com m.trumptweettrack.com m.markioannidis.com m.qiqqa.org m.computerheritagegroup.org m.squarefishdigital.com m.freecodinglessons.com m.npufal.com m.exclamation.foundation m.samituohino.com m.jfparie.com m.vinid.io web02.datacenterjourney.com bbyfzfws.abinsgroup.com cpanel.capstone-engine.org mail.pyphen.org ftp.evanculver.com abit.maximeborry.com ftp.exetech.org.uk