धर्मको संरक्षणले रक्षा हुन्छ: गण्डकी कोटिहोम महायज्ञमा वरिष्ठ पत्रकार प्रकाश सुवेदीको प्रेरणादायी विचार
पोखरा, १५ बैशाख
पोखरा महानगरपालिका वडा नं. १७, बिरौटास्थित हरिहर मन्दिर को जग्गामा मानव सेवा फाउण्डेशनद्वारा आयोजित गण्डकी कोटिहोम महायज्ञ धार्मिक र सांस्कृतिक उत्सवको प्रमुख केन्द्र बन्दै आएको छ। वैशाख ३ गते भूमिपूजन र यज्ञकुण्ड निर्माणपश्चात् चैत्र २९ गतेदेखि अनुराधा पाण्डेयद्वारा भागवत कथा प्रवचनको शुभारम्भसँगै दैनिक कथा वाचन शुरु भएको हो। हाल अन्तरराष्ट्रिय कथा वाचिका देवी प्रतिभाले बैशाख १८ गतेसम्म कथा वाचन गर्ने समय तालिका तय भएको छ, जसले भक्तजनलाई आध्यात्मिक रूपमा मन्त्रमुग्ध बनाएको छ। सोमबार उनले भगवान कृष्णको जन्म उत्सव मनाउँदै फूल र मिठाई वितरण गरी सहभागीहरूलाई मनोरञ्जन प्रदान गरिन्। आयोजक समितिका सह–निर्देशक युवक लामिछानेका अनुसार, महायज्ञमा दीनबन्धु पोखरेल, चैतन्यकृष्ण महाराज, सुप्रिया किशोरीलगायत राष्ट्रिय वक्ताहरूको सहभागिता रहनेछ। साधु–सन्त, भक्तजन, स्वयंसेवक, महिला समूह...












