पोखरा, वैशाख १ – पोखरा महानगरपालिका वडा नं। १५ र १७ लाई जोड्ने गरि निर्माण हुन लागेको पुलको आज शिलान्यास तथा जग पूजा कार्यक्रम सम्पन्न भएको छ।
शिलान्यास कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य भिम कार्की, वडा नं। १५ का वडा अध्यक्ष तोरण व वानिया, वडा सदस्य बलराम पौडेल, आशिष भण्डारी, वडा नं। १७ का शिवराम भण्डारी, हरिहर मन्दिरका अध्यक्ष नगेन्द्र शर्मा भण्डारी लगायत टोल विकास संस्था, आमा समूह, समाजसेवी, युवा क्लब तथा स्थानियबासीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै सांसद भिम कार्कीले यो पुलले दुबै वडाका बासिन्दाहरुको आवतजावतमा सहजता ल्याउने विश्वास व्यक्त गरे। वडा अध्यक्ष व वानियाले यो पुलको निर्माणले स्थानीय पूर्वाधार विकासमा थप टेवा पुर्याउने बताए।
स्थानियवासीले पुल निर्माणको थालनीलाई स्वागत गर्दै शीघ्र निर्माण सम्पन्न गर्न सम्बन्धित निकायलाई आग्रह गरेका छन्।
यो पुल निर्माणले वडा नं। १५ र १७ बीचको भौगोलिक दूरी मात्र नभई, सामाजिक र आर्थिक सम्बन्धलाई पनि मजबुत बनाउने जनविश्वास रहेको छ।
भ्याली खबर डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।