श्रीगण्डकी कोटिहोम क्षेत्र तथा आसपासमा शनिबार बृहत सरसफाई गरिँदै

पोखरा, कास्की – ऐतिहासिक धार्मिक कार्यक्रम श्रीगण्डकी शत (सय) कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ–२०८१ को पूर्वसन्ध्यामा आउँदो शनिबार, चैत्र ३० गते श्रीगण्डकी कोटिहोम क्षेत्र तथा वरपरका स्थानहरूमा बृहत सरसफाई कार्यक्रम गरिने भएको छ।
मानव सेवा फाउन्डेसनले महायज्ञको तयारीको एक अङ्गका रूपमा यो सरसफाई कार्यक्रम सञ्चालन गर्न लागेको जानकारी दिएको छ। कार्यक्रममा स्थानीय बासिन्दा, सामाजिक संस्था, युवासंघ, धार्मिक आस्थावान समुदाय, विद्यार्थी तथा स्वयंसेवकहरूको सहभागिता अपेक्षा गरिएको छ।
स्थानीयवासी, धर्मप्रेमी, महिला समूह, युवा, बालबालिका, वृद्धवृद्धाहरूलाई यस कार्यक्रममा सहभागी भई आध्यात्मिक लाभ लिन आयोजकले निमन्त्रणा गरेका छन्। साथै, सामूहिक प्रार्थना, भजन तथा धर्मशिक्षा आदिका माध्यमबाट धार्मिक चेतनाको सशक्त प्रवाह हुने विश्वास गरिएको छ।
सरसफाई कार्यक्रम बिहान ७ बजेबाट सुरु गरिनेछ। पोखरा–१५, बिरौटा स्थित सदा शिवजी सिद्धेश्वर हरिहर मन्दिरको भूमि र श्रीगण्डकी कोटिहोम यज्ञस्थल वरपरका क्षेत्रहरू सरसफाई हुने श्रीगण्डकी कोटिहोमका प्रचार-प्रसार संयोजक लेखराज ढकालले जनाएका छन् ।
यस अभियानमा सडक छेउका फोहोर, प्लास्टिकजन्य वस्तुहरू, झारपात, मन्दिर क्षेत्र वरपरको सफाइ, फोहोर संकलन र उचित व्यवस्थापन गरिनेछ।
महायज्ञका संकल्पकर्ता बालयोगेश्वर विजय कृष्णमूर्तिका अनुसार –
“धार्मिक कार्य केवल पूजापाठमा सीमित हुनु हुँदैन, यसले समाजमा स्वच्छता, नैतिकता र सचेतना फैलाउनु आवश्यक छ। सरसफाईबाट पवित्र यज्ञस्थल निर्माणको थालनी हुनेछ।”

४१ दिनसम्म निरन्तर हवन हुने भएकाले भक्तजनलाई घ्यू, तील, तेल, देवदार, श्रीखण्डलगायतका सामग्री लिएर आउन अनुरोध गरिएको छ । कोटीहोम स्थलमा वैशाख ३ गते भूमिपूजन र यज्ञकुण्ड निर्माण गरिने फाउण्डेशनले जनाएको छ ।
कोटीहोममा सुश्री अनुराधा पाण्डेयले भागवत कथा प्रबचन चैत्र २९ बाट दिन समेत सुरु गरेकी छिन् । देवी प्रतिभाजी, दीनबन्धु पोखरेल, चैतन्यकृष्ण महाराज, सुप्रिया किशोरीलगायतले कथावाचन गर्नेछन् ।
कोटीहोम आगामी वैशाख १७ देखि जेठ २६ गतेसम्म पोखरा महानगरपालिका वडा नं. १७ स्थित सदाशिवजी सिद्देश्वर हरिहर मन्दिरको जग्गा र आपपासका स्थानीयको जग्गामा कोटीहोम हुनेछ ।
महायज्ञ कार्यक्रमलाई भव्य बनाउने तयारी तीव्र गतिमा चलिरहेको छ। यज्ञका दिनहरूमा विविध आध्यात्मिक गतिविधिहरू सञ्चालन गरिनेछन् – जसमा कथा वाचन, भजन, प्रवचन, यज्ञ, सत्सङ्ग, सत्कार्य र सेवा केन्द्रित रहेका छन् ।

कोटी होममा श्रीमद्भागवत कथा, राम कथा, शिवमहापुराण कथा, हनुमत कथा, श्रीमददेवी भागवत कथा वाचन हुनुको साथै लाखौँको विवाह, ब्रतवन्ध, चौरासी पूजा, तुलादान, प्रत्येक नेपालीको नाममा कोटी दीप, तीन सय भन्दा बढी ब्राह्मण गुरुको दैनिक उपस्थिति, लाखौँ रामनाम पुस्तिका वितरण गरी अरबौं रामनाम लेखिने र एक करोड शिवलिङ्ग स्थापना गरी एक करोड बेलपत्रद्वारा पुजन गरिने जनाइएको छ ।
सो अवसरमा राष्ट्रिय भजन प्रतियोगिता, कवि तथा सन्त सम्मेलन, धार्मिक संघसंस्थाको सम्मेलन, ११ हजार कलश पुजन, २५ हजार नरिवलको भोग, कन्या पूजा, ज्येष्ठ नागरिक सम्मान, गण्डकी प्रदेशका एक हजार बढी स्रष्टा सम्मान, शालिग्राम पुजन, चित्रकला प्रतियोगिता, रक्तदान, तन्दुलाञ्चल र धान्याञ्चल पर्वतको निर्माण, धार्मिक क्षेत्रसँग सम्बन्धित वक्तृत्वकला प्रतियोगितालगायतका कार्यक्रम गरिने भएको छ ।
कोटीहोम सम्पन्न गर्न आठ समितिसमेत गठन गरेको छ । जसमा मार्गनिर्देशन मण्डल, प्रमुख संरक्षक समिति, वरिष्ठ संरक्षक समिति, वरिष्ठ सल्लाहकार समिति, सल्लाहकार समिति, मूल आयोजक समिति र कानूनी सल्लाहकार समित छन्
साथै पाँच हजार एक सय एक महायज्ञ मूल आयोजक समिति गठन गरिएको बालयोगेश्वर विजय कृष्णमूर्तिले जानकारी दिए । संयोजक, उपसंयोजक, वरिष्ठ सदस्य, विशेष सदस्य र सदस्य समावेश छन् ।

प्रतिक्रिया

Advertisement
Advertisement

छुटाउनुभयो कि ?

सामाजिक सञ्जालमा बढ्दो दुर्व्यवहारविरुद्ध कडा कारबाहीको माग गर्दै कास्की प्रशासनमा ध्यानाकर्षण पत्र

सामाजिक सञ्जालमा बढ्दो दुर्व्यवहारविरुद्ध कडा कारबाहीको माग गर्दै कास्की प्रशासनमा ध्यानाकर्षण पत्र

पोखरा - परिवर्तन नेपाल अभियानले सामाजिक सञ्जालमार्फत बढ्दै गएको दुर्व्यवहार र धम्कीपूर्ण अभिव्यक्तिविरुद्ध कडा कारबाहीको माग गर्दै...
पोखरामा फोर थ्री गोर्खा राइफल्सको ६४औँ फ्ल्याग राइजिङ डे भव्य रूपमा सम्पन्न

पोखरामा फोर थ्री गोर्खा राइफल्सको ६४औँ फ्ल्याग राइजिङ डे भव्य रूपमा सम्पन्न

पोखरा — भारतीय सेनाको फोर थ्री गोर्खा राइफल्सका भूतपूर्व सैनिकहरूले पोखरामा आफ्नो ६४औँ फ्ल्याग राइजिङ डे भव्य रूपमा मनाएका छन्। पो...
चुनावी पोस्टरले नगरलाई कुरूप नबनाउने मनिष झाको घोषणा

चुनावी पोस्टरले नगरलाई कुरूप नबनाउने मनिष झाको घोषणा

जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय प्रवक्ता तथा धनुषा क्षेत्र नं. ३ बाट प्रतिनिधिसभाका उम्मेदवार मनिष झाले आफ्नो न...
पोखराकी मोटोभ्लगर सुरक्ष्या केसी ‘इन्स्टाग्राम’को आधिकारिक Reels च्यानलमा फिचर्ड

पोखराकी मोटोभ्लगर सुरक्ष्या केसी ‘इन्स्टाग्राम’को आधिकारिक Reels च्यानलमा फिचर्ड

पोखरा – साहसिक यात्रा र मोटोभ्लगिङमार्फत पहिचान बनाउँदै आएकी पोखराकी चेली सुरक्ष्या केसीले अन्तर्राष्ट्रिय स्तरमा नयाँ उपलब्धि हास...
पोखरामा १४ औँ संस्करणको पोखरा महोत्सव पुस २९ देखि

पोखरामा १४ औँ संस्करणको पोखरा महोत्सव पुस २९ देखि

पोखरा । युनाईटेड क्लबको आयोजनामा १४ औँ संस्करणको पोखरा महोत्सव हुने भएको छ । ‘युवाको जाँगर राष्ट्र निर्माणको आधार’ भन्ने नाराका सा...
तमु ल्होछार आगमनमा तमु धिंले औषधोपचारका लागि १० बिरामीलाई २ लाख ५० हजार सहयोग

तमु ल्होछार आगमनमा तमु धिंले औषधोपचारका लागि १० बिरामीलाई २ लाख ५० हजार सहयोग

पोखरा, तमु ल्होछार आगमनको अवसरमा तमु धिं नेपालले शुक्रवार १० जना विरामीलाई २ लाख ५० हजार रुपैया स्वास्थ्योपचारका लागि सहयोग वितरण...
२१ औँ लेखनाथ महोत्सव पुस ३ गतेदेखि तालचोकमा सुरु हुँदै

२१ औँ लेखनाथ महोत्सव पुस ३ गतेदेखि तालचोकमा सुरु हुँदै

पोखरा, पुस २७ — पोखरा–२७ तालचोकमा पुस ३ गतेदेखि १४ गतेसम्म २१ औँ संस्करणको लेखनाथ महोत्सव आयोजना हुने भएको छ। स्थानीय उत्पादन र उद...
एभरेस्ट एफएमको पाचौं वार्षिकोत्सवको अवसरमा मानव सेवा आश्रमलाई थप १ लाख प्रदान

एभरेस्ट एफएमको पाचौं वार्षिकोत्सवको अवसरमा मानव सेवा आश्रमलाई थप १ लाख प्रदान

पोखराबाट प्रशारण हुने एभरेस्ट एफएमले पोखरा–२५ हेम्जास्थित मानव सेवा आश्रमलाई थप १ लाख एक रुपैयाँ प्रदान गरेको छ । एभरेस्ट मिडिय...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज