पोखरा, २०८१ चैत २१ । न्यू ग्यालेक्सी होटल म्यानेजमेन्ट स्ट्रिमले आगामी २०८१ चैत २१ र २२ गते (अप्रील ३ र ४, २०२५) विशेष ‘फुड कर्निभल २०२५’ आयोजना गर्ने भएको छ। ‘Savor the Flavors’ नाराका साथ आयोजना हुने यो कार्यक्रम न्यू ग्यालेक्सी स्कूल परिसर, नदिपुर, पोखरामा सम्पन्न हुनेछ।
यस कार्यक्रमको मुख्य आकर्षणका रूपमा दक्षिण कोरियाका चर्चित कलाकार ‘मिस्टर चोई’ ले प्रत्यक्ष सांगीतिक प्रस्तुति दिनेछन्। बिहान १० बजेबाट सुरु भई अपराह्न ५ बजेसम्म चल्ने कर्निभलमा विभिन्न स्वादिष्ट परिकार, मनोरञ्जनात्मक कार्यक्रम तथा अन्य आकर्षक गतिविधिहरू रहने आयोजकले जनाएको छ।
न्यू ग्यालेक्सीले होटल म्यानेजमेन्ट अध्ययनरत विद्यार्थीहरूलाई व्यावहारिक ज्ञान प्रदान गर्न तथा स्थानीय समुदायलाई विभिन्न स्वादिष्ट परिकारहरूको अनुभव गराउन यो कर्निभल आयोजना गर्न लागेको हो।
कार्यक्रममा सहभागी हुन वा थप जानकारीका लागि ०६१-५७०२१० वा ०६१-५८५३०७ नम्बरमा सम्पर्क गर्न सकिनेछ। साथै, न्यू ग्यालेक्सीको आधिकारिक वेबसाइट www.newgalaxy.edu.np वा इमेल
newgalaxypokhara@gmail.com मार्फत पनि जानकारी प्राप्त गर्न सकिनेछ।
भ्याली खबर डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।