हार्दिक निमन्त्रणा
नेपाल भ्रमण वर्ष २०२५ तथा नेपाली नयाँ वर्ष २०८२ को पावन अवसरमा श्री मानव सेवा फाउण्डेसन, नेपाल लगायत आदि संस्थाहरूले आउँदो मिति २०८१ चैत्र १७ गतेदेखि २०८२ जेठ २६ गतेसम्म (सम्पूर्ण कार्यक्रम: मिति २०८१ चैत्र १७ गतेदेखि २०८२ जेठ २६ गतेसम्म र कोटिहोम कार्यक्रम: मिति २०८२ बैशाख १७ गतेदेखि जेठ २६ गतेसम्म) श्री सदा शिवजी सिद्धेश्वर हरिहर मन्दिरको नाममा रहेको जमिन तथा आसपासका जमिनहरुमा, पोखरा-१७, बिरौटा, कास्कीमा राष्ट्र शान्ति, विश्व कल्याण एवं आम नेपालीको सुख, शान्ति तथा समृद्धिको कामनाले हामी यो विशाल आयोजनमा जुटेका छौं । साथै पोखरालाई मुक्तिद्वारको रूपमा चिनाउन एवं गण्डकी प्रदेशभित्र रहेका शास्त्रवर्णित सम्पूर्ण धार्मिक क्षेत्र, तीर्थ स्थल, मठमन्दिरहरूको महत्वलाई विश्वभर जीवन्त प्रचार प्रसार गरी धार्मिक पर्यटनलाई तेजोमय गतिमा प्रवर्धन गर्ने हामीले उज्यालो उद्देश्य बोकेका छौं । धार्मिक पर्यटनवृद्धिले राष्ट्रको सर्वतोमुखी विकासमा सशक्त सहयोग पुर्याउने हाम्रो सङ्कल्प अनुरूप गण्डकी प्रदेशका विपन्न, अभिभावक विहीन बालबालिका तथा असहाय ज्येष्ठ नागरिकहरूको पालन, संरक्षण हेतु भवन निर्माण आदि सहयोगार्थ आयोजित ऐतिहासिक श्रीगण्डकी शत(सय) कुण्डीय गायत्री कोटिहोम विराट् ज्ञान महायज्ञ – २०८२ मा हार्दिक निमन्त्रणा गर्दछौं ।
भ्याली खबर डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।