गण्डकी कोटिहोममा २१ फिट लामो रुद्राक्षले सजिएको शिवलिङ्गसहित हवनकुण्ड तयार
पोखरा, १५ वैशाख २०८२
गण्डकी कोटिहोममा आज वैशाख १५ गते भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दहालको सहभागितामा विशेष कार्यक्रम आयोजना हुँदैछ। उनको उपस्थितिले कार्यक्रमको महत्त्व र सम्मानलाई थप उजागर गर्नेछ।गण्डकी कोटिहोममा ४१ दिनसम्म चल्ने महायज्ञले व्यापक ध्यानाकर्षण गरेको छ। वैशाख ३ गते भूमिपूजन र यज्ञकुण्ड निर्माण सम्पन्न भएको यस महायज्ञमा २१ फिट लामो रुद्राक्षले सजिएको शिवलिङ्गसहित हवनकुण्ड तयार गरिएको छ।
भक्तजनहरूलाई घ्यू, तील, तेल, देवदार, श्रीखण्डजस्ता सामग्री लिएर सहभागी हुन निम्तो दिइएको छ। सुश्री अनुराधा पाण्डेय र अन्तर्राष्ट्रिय कथा प्रवक्ता देवी प्रतिभाले कथा प्रवचन शुरू गरिसकेका छन् भने दीनबन्धु पोखरेल, चैतन्यकृष्ण महाराज, सुप्रिया किशोरीलगायतका धर्मगुरुहरूले पनि कथावाचनमा सहभागिता जनाउनेछन्।महायज्ञ अवधिभर भजन, सत्सङ्ग, पूजापाठ, आरती र सांस्कृतिक प्रस्तुतिहरू आयोजना हुनेछन्। ...



















