पोखरा महानगरपालिका वार्ड नं. १७ बिरौटामा सञ्चालन हुन लागेको ऐतिहासिक श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ संकल्प सभा आज गरिएका छ । आगामी बैशाख १७ गते देखी सुरु भई जेठ २६ गते सम्म सञ्चालन हुने उक्त महायज्ञको संकल्प सभा एक कार्यक्रमको विचमा गरिएको हो ।
संकल्पसभामा महायज्ञका संकल्पकर्ता बालयोगेश्वर विजय श्री कृष्ण मूर्ती जी महाराजले महायज्ञ अवधिभर हुने विविध कार्यक्रमको बारेमा जानकारी दिदै ऐतिहासिक श्री गण्डकी कोटिहोम महायज्ञले गण्डकी क्षेत्र र धार्मिक दृष्टिकोणमा यसकने महत्व,यज्ञको महिमा,हवनको महिमा,कोटिहोम महायज्ञको उदेश्य तलायतको विषयमा जानकारी दिएका थिए ।
त्यसको साथै कोटिहोम महायज्ञमा संकलन भएको रकमले खर्च व्यवस्थापन भएर शेष रहेको रकमबाट पोखरामा १७ मा रहेको हरिहर मन्दिर,मुक्तेश्वर मन्दिर र कैलाशधाम मन्दिरको विकासको लागि पहल गर्ने लगायतको बिषयमा पनि जानकारी दिए ।
भ्याली खबर डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।