हेम्जामा मानवसेवा आश्रमको महायज्ञ: भवन निर्माण सम्पन्न गर्न सहयोग आह्वान

पोखरा,  मानवसेवा आश्रम कास्की (हेम्जा) शाखाले निर्माणाधीन भवन सम्पन्नता तथा सेवा विस्तारका लागि बैशाख १९ गतेदेखि २६ गतेसम्म “श्रीमद्भागवत सप्ताह ज्ञान–विज्ञान महायज्ञ २०८३” आयोजना गर्ने भएको छ।

आश्रमले जारी गरेको प्रेस विज्ञप्तिअनुसार महायज्ञको मुख्य उद्देश्य निर्माणाधीन भवन पूरा गर्नु, लक्ष्मीनारायण मन्दिर र मुक्तिनाथ सेवा धर्मशाला निर्माण गर्नु तथा अक्षयकोष वृद्धि गरी दीगो सेवा सञ्चालन सुनिश्चित गर्नु रहेको छ।

२०६९ सालमा हेटौंडाबाट सुरु भएको आश्रम हाल देशभर २९ सेवा केन्द्रमार्फत करिब २ हजार सहयोगापेक्षी मानवहरूको संरक्षणमा सक्रिय छ। कास्की शाखामा मात्र हाल २७५ जना आश्रित रहेका छन्, जसका लागि मासिक करिब ४०लाख रुपैयाँ खर्च हुने गरेको आश्रमले जनाएको छ।

हेम्जास्थित भवन निर्माणमा हालसम्म करिब ८ करोड रुपैयाँ खर्च भइसकेको र कार्य सम्पन्न गर्न थप २ करोड आवश्यक रहेको बताइएको छ। बढ्दो उद्धार कार्य र आश्रितहरूको सङ्ख्या वृद्धिसँगै सेवा व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएकाले अक्षयकोषलाई प्राथमिकतामा राखिएको जनाइएको छ।

महायज्ञ अवधिभर धार्मिक प्रवचन, योग शिविर, निःशुल्क स्वास्थ्य सेवा, युवा लक्षित उत्प्रेरणात्मक कार्यक्रम तथा राष्ट्रिय–स्थानीय कलाकारहरूको सांगीतिक प्रस्तुति लगायत कार्यक्रमहरू सञ्चालन गरिनेछन्।

महायज्ञ सफल बनाउन १००१ सदस्यीय समिति गठन गरिएको छ। संयोजकमा अनिलकुमार  साई तथा सहसंयोजकमा धर्मराज बास्तोला रहेका छन्।

आश्रमले यसअघि २०७९ सालमा महायज्ञ आयोजना गरी भवन निर्माण कार्य सुरु गरेको थियो। यसपटकको महायज्ञलाई निर्माण सम्पन्न गर्ने महत्वपूर्ण अभियानका रूपमा लिइएको छ।

मानवसेवा आश्रमले सम्पूर्ण मानवताप्रेमी, दाताहरू तथा सरोकारवालाहरूलाई कार्यक्रममा सहभागी भई सहयोग गर्न अपिल गरेको छ।

प्रतिक्रिया

Advertisement
Advertisement

छुटाउनुभयो कि ?

हेम्जामा मानवसेवा आश्रमको महायज्ञ: भवन निर्माण सम्पन्न गर्न सहयोग आह्वान

हेम्जामा मानवसेवा आश्रमको महायज्ञ: भवन निर्माण सम्पन्न गर्न सहयोग आह्वान

पोखरा,  मानवसेवा आश्रम कास्की (हेम्जा) शाखाले निर्माणाधीन भवन सम्पन्नता तथा सेवा विस्तारका लागि बैशाख १९ गतेदेखि २६ गतेसम्म “श्रीम...
पोखरा–१९ मा प्रेरणादायी कार्यक्रम सम्पन्न, महायज्ञका लागि आह्वान

पोखरा–१९ मा प्रेरणादायी कार्यक्रम सम्पन्न, महायज्ञका लागि आह्वान

पोखरा, पोखरा महानगरपालिका–१९, भक्तिपथ स्थित श्री गणेश मन्दिर जेष्ठ नागरिक मिलन केन्द्रमा मानवसेवा आश्रमका संस्थापक तथा प्रेरणादाय...
५ करोडको कारोवार गर्दै सकियो आलु महोत्सव

५ करोडको कारोवार गर्दै सकियो आलु महोत्सव

पोखरा, ५ वैशाख ।५ करोड बढीको कारोवार गर्दै १४ औँ राष्ट्रिय हेमजा आलु महोत्सव शनिबारदेखि सकिएको छ। गत २७ चैतबाट सुरु उक्त महोत्स...
“तनावमुक्त आमा खुशी परिवारको आधार” भन्ने मूल नारासहित सकारात्मक सोच सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।

“तनावमुक्त आमा खुशी परिवारको आधार” भन्ने मूल नारासहित सकारात्मक सोच सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।

पोखरा, लेकसाइडस्थित क्रिस्टल महलमा २०८३ साल बैशाख १ गते बिहीबार आयोजना गरिएको उक्त कार्यक्रममा महिलाहरूको मानसिक स्वास्थ्य, पारिवा...
१४ औँ राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीव्र

१४ औँ राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीव्र

पोखरा, चैत्र २१ । यही चैत २७  देखि वैशाख ५ गतेसम्म हुने १४ औँ संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीव्र पारिएको छ।विष्णु...
प्रधानमन्त्री शाहको प्रेस तथा अनुसन्धान विज्ञमा दिपा दाहाल नियुक्त

प्रधानमन्त्री शाहको प्रेस तथा अनुसन्धान विज्ञमा दिपा दाहाल नियुक्त

काठमाडौंः प्रधानमन्त्री वालेन्द्र शाहको प्रेस तथा अनुसन्धान विज्ञ पदमा खोजपत्रकार, लेखक एवं लेक्चरर दिपा दाहाल नियुक्त हुनुभएको छ।...
संसदबाटै रास्वपाका सभापति लामिछानेद्वारा दलित समुदायसँग माफी

संसदबाटै रास्वपाका सभापति लामिछानेद्वारा दलित समुदायसँग माफी

काठमाडौं, १९ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले दलित समुदायप्रति संसदबाटै सार्वजनिक तथा सामूहिक मा...
स्थानीय तहका समस्या समाधानमा सरकार प्रतिबद्ध: मन्त्री रावल

स्थानीय तहका समस्या समाधानमा सरकार प्रतिबद्ध: मन्त्री रावल

काठमाडौँ — नेपाल सरकारका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले स्थानीय तहका समस्याहरू समाधान गर्न सरकार पूर्ण रू...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज