काठमाडौं — स्वास्थ्य तथा जनसंख्या मन्त्रीले आज वीर अस्पताल र शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र मा आकस्मिक अनुगमन गर्नुभएको छ। अस्पतालले प्रवाह गर्ने सेवाको वास्तविक अवस्था बुझ्न तथा सर्वसाधारणले भोगिरहेका समस्याबारे प्रत्यक्ष जानकारी लिन मन्त्री कुनै पूर्व सूचना विना नै अस्पताल पुग्नुभएको हो।
अनुगमनका क्रममा मन्त्रीले अस्पतालको सरसफाइ अवस्था, बिरामीको अत्यधिक चाप, लामो लाइन (Queue Management), औषधि अभाव तथा स्वास्थ्य बीमासम्बन्धी जटिलताहरूको प्रत्यक्ष अवलोकन गर्नुभयो।

स्थानीय सेवाग्राहीहरूले स्वास्थ्य बीमाको लाभ लिन झन्झट भोग्नुपरेको र सामान्य उपचारका लागि समेत घण्टौँ कुर्नुपर्ने बाध्यताबारे गुनासो गरेका थिए। उक्त विषयमा मन्त्रीले गम्भीर चासो व्यक्त गर्दै तत्काल सुधार गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभयो।
अस्पताल प्रशासन तथा पदाधिकारीहरूसँग छलफल गर्दै मन्त्रीले सरसफाइमा विशेष ध्यान दिन, बिरामीको पालो व्यवस्थापनलाई प्रविधिमैत्री र सहज बनाउन तथा औषधि आपूर्तिमा देखिएका अवरोधहरू तत्काल हटाउन आग्रह गर्नुभयो।

“जनताले सरकारी अस्पतालमा सेवा पाउँदा झन्झट होइन, राहत महसुस गर्नुपर्छ,” भन्दै मन्त्रीले देखिएका समस्याको दीर्घकालीन समाधानका लागि मन्त्रालयले आवश्यक समन्वय र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
भ्याली खबर डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।