बागलुङ – श्रीमद् भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञ सुरु नहुँदै मानवसेवा आश्रम बागलुङ शाखाको भवन निर्माणका लागि सहयोग रकम संकलन सुरु भएको छ।
महायज्ञको मिति नजिकिँदै जाँदा विभिन्न स्थानबाट दाताहरूले भवन निर्माणमा सहयोग पुर्याउन थालेका छन्। हाल अमेरिकामा बसोबास गर्नुहुने रेनुका अधिकारी, इन्द्रमणि अधिकारी र मनु अधिकारीले संयुक्त रूपमा भवन निर्माणका लागि रु. ५० हजार ५९८ सहयोग गर्नुभएको आश्रमले जनाएको छ।
मानवसेवा आश्रमले बागलुङको निरयघाटमा निर्माणाधीन भवनलाई निर्धारित समयमै सम्पन्न गर्न तथा अक्षयकोष वृद्धिका लागि आगामी कार्तिक २१ गतेदेखि २८ गतेसम्म श्रीमद् भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञ आयोजना गर्न लागेको हो।
मानवीय सेवामा प्रदान गरिएको सहयोगप्रति आश्रमले हार्दिक आभार प्रकट गरेको छ र थप दाताहरुलाई पनि भवन निर्माण अभियानमा सहभागी हुन आग्रह गरेको छ।
भ्याली खबर डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।