पोखरा महानगरपालिका वडा नं. १५ मा दिव्य ज्योति क्लबको आयोजनामा एक भव्य ‘दिव्य ज्योति साँझ’ सम्पन्न भएको छ। कार्यक्रम वडा कार्यालय अगाडि विशेष रूपमा आयोजना गरिएको थियो।
कार्यक्रमका प्रमुख अतिथि दुर्गा बहादुर कार्की रहनु भयो भने विशेष अतिथि प्रहरी नायब उपरीक्षक (डी.एस.पी.) कृष्ण कार्कीले सांगीतिक कार्यक्रमले समुदायमा सकारात्मक सन्देश फैलाउने विश्वास व्यक्त गर्दै क्लवकाे ईतिहासकाे बारेमा जानकारी गराउनु भएकाे थियाे ।

कार्यक्रमको अध्यक्षता क्लबका अध्यक्ष सुरेश बानियाँले गर्नुभयो भने सञ्चालन मदन गिरीले गर्नु भयो। कार्यक्रममा विभिन्न स्थानीय कलाकारहरूले लोकगीत, आधुनिक गीत, नृत्य र सांस्कृतिक प्रस्तुति दिएका थिए।

आयोजक क्लबका अनुसार कार्यक्रममा स्थानीय समुदाय, युवायुवती र समाजसेवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा सांस्कृतिक विविधता झल्काउने प्रस्तुति तथा स्थानीय प्रतिभा प्रोत्साहन गर्ने उद्देश्य राखिएको थियाे ।
भ्याली खबर डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।