पोखरा, लेकसाइड–६ को बराहीघाट मैदानमा पूर्णिमाको दशैं फेस्ट २०२५ आयोजना हुने भएको छ। ब्लक एक्स इन्टरटेन्मेन्टको प्रस्तुतिमा दशैंको अवसर पारेर यही अक्टोबर ७ र ८ गते दुई दिनसम्म चल्ने यस संगित महोत्सवमा देशका चर्चित कलाकारहरूको प्रस्तुतिसहित भव्य रूपमा मनाइनेछ।
🎶 कलाकारहरूको लाइनअप:
📅 अक्टोबर ७ – टुकी | रकहेड्स | मङ्गोलियन हर्ट
📅 अक्टोबर ८ – छेयोज़ेन एण्ड सहयात्री | जेम्सी | पूर्ण राई एण्ड दाजुभाइ
दशैं केवल रमाइलो र मनोरञ्जन मात्र नभई एकता, संस्कृतिको जगेर्ना र राष्ट्रिय पहिचानलाई बलियो बनाउने चाड हो। आयोजकले यस कार्यक्रममार्फत संगीत र संस्कृतिलाई जोड्दै शान्ति, सकारात्मकता र मिलनसार समाजको सन्देश दिने लक्ष्य लिएको बताएका छन्।

🙏 कुनै ठूला प्रायोजक बिना आफ्नै लगानीमा आयोजना गरिएको यो महोत्सवलाई सफल बनाउन आयोजकले सबैलाई टिकट किन्न र कार्यक्रममा सहभागिता जनाउन हार्दिक अपिल गरेका छन्।
🎟️ टिकट व्यवस्थापनको आधिकारिक साझेदार: खल्ती (IME Pay)
📲 टिकटहरू खल्ती एपमार्फत अनलाइन खरिद गर्न सकिनेछ।
भ्याली खबर डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।