पोखरा ।
जिल्ला प्रशासन कार्यालय कास्कीले विहीबार साँझ ७ बजेदेखि शुक्रबार बिहान ५ बजेसम्मका लागि पोखरा महानगरपालिकाभरी लागु हुने गरी कर्फ्यु आदेश जारी गरेको छ । विहीबारको जिल्ला सुरक्षा समितिको निर्णयसमेतको आधारमा प्रशासनले कर्फ्यु आदेश जारी गरेको हो ।
कास्की जिल्लामा हाल देखिएको घटनाक्रमबाट हुनसक्ने बिरोध प्रदर्शन, तोडफोड, हुलदंगाका कारण शान्ति सुव्यवस्थालाई मध्यनजर गर्दै कर्फ्यु आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले उल्लेख गरेकी छन् ।
शुक्रबार विहान ५ देखि १० बजेसम्म भने अत्यावस्यक कामका लागि आवतजावत गर्न सकिने आदेशमा जनाईएको छ । कर्फ्युको समयमा आवतजावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न पाइने छैन । एम्बुलेन्स, शवबाहन, दमकल, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीका सवारी साधन भने संचालन हुनसक्ने आदेशमा उल्लेख छ ।
जिल्ला प्रशासन कार्यालय कास्कीले आज बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म निषेधाज्ञा जारी गरेको थियो ।
भ्याली खबर डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।