नेपाल स्वयंसेवी रक्तदाता समाज कास्की शाखा दोश्रो बार्षिक साधारण सभा सम्पन्न भयो । सभा अध्यक्ष दिपेन्द्र अधिकारी प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कास्की सभापति उर्मिला खड्का, बिशिष्ट अतिथि पोखरा महानगर पालिका वडा नं १५ वडा सदस्य आशिष भन्डारी विशेष अतिथि नेपाल रेडक्रस सोसाइटी कास्की जिल्ला शाखा मन्त्री सन्तोष अधिकारी ,नेपाल औषधी व्यवसायी संघ कास्की अध्यक्ष धिरज गौतम सल्लाहकार सुर्य प्रसाद ढकाल, जितेन्द्रमान साक्य, सुवर्ण राज पन्त ले आफ्नो शुभकामना मन्तव्य राख्नु भएको थियो । कार्यक्रमको उदघाटन प्रमुख अतिथि उर्मिला खड्का ले पानसमा दीप प्रज्ज्वलन गरी गर्नु भएको थियो । संस्थाका आर्थिक प्रतिबेदन कोषाध्यक्ष लेखनाथ रेग्मी प्रस्तुत गरेका थिए । संस्थाका सचिव विशाल अर्यालले संस्थाको सोच र उदेश्य बारेमा प्रकाश पारेका थिए । सभा अध्यक्ष ले संस्थाको बार्षिक कार्यक्रम र उपलब्धिहरुको बारेमा प्रस्ट पारेका थिए । कार्यक्रम सहजीकरण संस्थाका सचिव ले गरेका थिए ।
भ्याली खबर डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।