पोखरा, हरेक शनिबारझैं यसपटक पनि मानव सेवा आश्रम कास्की शाखाले पोखराको विभिन्न क्षेत्रहरूमा ‘सडकसेवा’ कार्यक्रम सञ्चालन गरी ५ जना सडक मानवहरूको उद्धार गरेको छ। उद्धार गरिएका व्यक्तिहरूमध्ये ४ जना पुरुष र १ जना महिला रहेका छन्।
शनिबार सम्पन्न उद्धार अभियानमा सहभागी उद्धार टोलीले पोखरा महानगरपालिका १८ पामे सेदीबाट जुम्ला घर भई हाल सडकमा रहेका लोकेन्द्र बहादुर टुल्ल, पोखरा ५ ओल्ड क्याम्पस क्षेत्रबाट पर्वत घर भएका प्रकाश सुनार, पोखरा ३ नादीपुरबाट लमजुङ घर भएका मंगल सार्की, पोखरा ८ नयाँबजारबाट काठमाडौँ बनपा घर भएका राजु परियारलाई उद्धार गरी मानव सेवा आश्रम हेम्जा शाखामा राखिएको छ।
त्यस्तै पोखरा १६ कासिमपुल क्षेत्रबाट उद्धार गरिएकी एक महिलालाई भने छोरेपाटन शाखामा राखिएको छ। उहाँले आफू लेखनाथ घर भएकी प्रीति भनी जानकारी गराएकी छिन्।
मानव सेवा आश्रम कास्कीका अनुसार, उद्धार गरिएका व्यक्तिहरूको परिवारजनहरूसँग सम्पर्क गर्न सकेमा तुरुन्त आश्रम सम्पर्कमा आउनु हुन अनुरोध गरिएको छ। सम्पर्कपछि आवश्यक प्रक्रिया पूरा गरी परिवारको जिम्मा लगाइने आश्रमले जनाएको छ।


भ्याली खबर डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।