पोखरा, गण्डकी — कोही कसैको बास सडकमा हुन नपरोस भन्ने उच्च मानवीय सेवाभावले समर्पित मानव सेवा आश्रमसँग पोखरा महानगरपालिकाले सहकार्य गर्दै आएको छ। यस सहकार्यअन्तर्गत महानगरले मानव सेवामा लागेका कार्यहरूको निरन्तर समर्थन र समन्वय गर्दै आइरहेको छ।
हाल हेम्जा र छोरेपाटनमा स्थापित आश्रयस्थलहरू मार्फत सडकमा जीवन बिताइरहेका सयौं नागरिकहरूलाई उद्दार गरी आश्रममार्फत सेवा प्रदान भइरहेको छ। आश्रमको निर्माण, व्यवस्थापन तथा संचालनमा पोखरा महानगरको उल्लेखनीय सहयोग रहेको छ।
यसै सन्दर्भमा पोखरालाई पूर्णरूपमा सडक मानवमुक्त क्षेत्र घोषणा गर्ने उद्देश्यले महानगर प्रमुख, उपप्रमुख, प्रवक्ता, विभिन्न वडा अध्यक्षहरू, आश्रमका परिकल्पनाकार एवं अगुवा रामजी अधिकारी, सम्बन्धित महाशाखा प्रमुखहरू तथा अन्य सरोकारवालाहरूको उपस्थितिमा एक विशेष अन्तरक्रियात्मक छलफल कार्यक्रम सम्पन्न भयो।
छलफलमा सहभागीहरूले यो पहल सबै नागरिकको बाँच्न पाउने मौलिक अधिकारलाई सुनिश्चित गर्न महत्वपूर्ण कदम भएको बताउँदै यस्तो मानवीय सेवाले समाजमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे।
यस अभियानले पोखरामा अब कोही पनि सडकमा रात काट्न बाध्य नहोस भन्ने लक्ष्य लिएको छ, जसले समावेशी र सभ्य समाज निर्माणतर्फ ठोस आधार प्रदान गर्ने अपेक्षा गरिएको छ।
भ्याली खबर डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।