पोखरामा ११ हजार कलशसहितको विशाल शोभा कलश यात्रा भव्य रूपमा सम्पन्न

पोखरा, १६ वैशाख । पोखरा महानगरपालिका वडा नं. १७, बिरौटास्थित हरिहर मन्दिर र केही स्थानीयको जग्गामा मानव सेवा फाउण्डेशनद्वारा आयोजित गण्डकी कोटिहोम महायज्ञ अन्तर्गत मंगलबार बिहान ११ हजार कलश सहितको विशाल शोभा कलश यात्रा भव्य रूपमा सम्पन्न भएको छ।

कोटिहोम परिसरबाट सुरु भएको यो यात्रा पोखराका बिभिन्न मुख्य सडक हुदै अगाडि बढेको थियो । गंगाको जलसहित ११ हजार कलश बोकेर देशभरबाट आएका भक्तजन, साधु–सन्त, स्वयंसेवक, महिला समूह, बालबालिका र जनप्रतिनिधिको उत्साहपूर्ण सहभागिताले पोखराको वातावरण भक्तिमय बनेको थियो।कलश यात्रामा चर्चित कथा बाचिका देवी प्रतिभा ,वालयोगेश्वर विजय श्रीकृष्ण मूर्तीजी सहित मुख्य पात्रहरुको सहभागिता रहेको थियो । कलश यात्रा कार्यक्रम संयोजक दुर्गा केसीले यात्रामा जिल्ला बाहिरबाट समेत उल्लासमय सहभागिता रहेको बताउँदै सबैलाई धन्यवाद व्यक्त गरिन्। “हामीले अपेक्षा गरेभन्दा बढी सहभागिता भयो, जसले महायज्ञको महत्त्व र उत्साहलाई झल्काएको छ,” उनले भनिन्।

यात्रामा समूह, भेषभूषा, अनुशासन र ब्यानरसहित सहभागी हुने समूहलाई पुरस्कारको व्यवस्था गरिएको थियो। आयोजकका अनुसार, महायज्ञ समापनपछि प्रतिकलश १ हजार ३ सयमा र दुई कलश २ हजार ५ सयमा घर लैजान सकिने व्यवस्था गरिएको छ।

महायज्ञका संकल्पकर्ता वालयोगेश्वर विजय श्रीकृष्ण मूर्तीजीले यो यात्राले पोखरालाई धार्मिक गन्तव्यको रूपमा थप स्थापित गरेको बताए। “यो शोभा कलश यात्रा धार्मिक, सांस्कृतिक र सामाजिक एकताको सन्देश बोकेर सम्पन्न भएको छ,” उनले भने।

। महायज्ञ वैशाख १७ देखि जेठ २६ गतेसम्म चल्नेछ, जसमा श्रीमद्भागवत कथा, राम कथा, शिवमहापुराण कथा, हनुमान कथा, श्रीमददेवी भागवत कथालगायतका प्रवचन, हवन, भजन, झाँकी, देवलीला र नृत्य प्रस्तुतिहरू हुने महायग मूल आयोजक समितिका सह – निर्देशक युवक लामिछानेले बताएका छन् ।

राष्ट्र शान्ति, विश्व कल्याण, धार्मिक पर्यटन प्रवर्द्धन तथा असहाय बालबालिका र ज्येष्ठ नागरिक संरक्षणका लागि आयोजित यो महायज्ञमा सामाजिक सञ्जालमार्फत प्रचार गर्नेहरूलाई २५ हजारसम्मको पुरस्कार र सम्मानपत्र प्रदान गरिने महायज्ञ मुल आयोजक समितिका सह निर्देशक युवक लामिछानेले बताए।

महायज्ञले पोखराको धार्मिक र सांस्कृतिक पहिचानलाई उजागर गर्दै सामाजिक एकता र आध्यात्मिक जागरणको सन्देश प्रवाह गरेको आयोजकको दाबी छ।

प्रतिक्रिया

Advertisement
Advertisement

छुटाउनुभयो कि ?

पोखरा पाँचकोट ५० किमि अल्ट्रा ट्रेल रेसको उपाधि मनकुमार रोका मगर र कल्पना बुढालाई

पोखरा पाँचकोट ५० किमि अल्ट्रा ट्रेल रेसको उपाधि मनकुमार रोका मगर र कल्पना बुढालाई

पोखरा,असोज २५ पोखरामा पहिलो पटक कास्कीका ऐतिहासिक तथा पर्यटकीय महत्व बोकेका पाँचवटा कोटलाई एउटै दौडमार्फत जोड्दै आयोजना गरिएको ‘प...
समावेशी समूहबाट कांग्रेस उपसभापतिमा विनोद चौधरीको उम्मेदवारी

समावेशी समूहबाट कांग्रेस उपसभापतिमा विनोद चौधरीको उम्मेदवारी

काठमाडौँ । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि भइरहेको उम्मेदवारी दर्तामा उद्यमी विनोद चौधरीले उपसभ...
उमा हमालद्वारा फिजियोथेरापी कक्षका लागि १ हजार अष्ट्रेलियन डलर याेगदान

उमा हमालद्वारा फिजियोथेरापी कक्षका लागि १ हजार अष्ट्रेलियन डलर याेगदान

क्यानबेरा, अष्ट्रेलिया । मानवसेवा आश्रमको मानवता प्रवर्द्धन अभियान अस्ट्रेलियाका विभिन्न राज्यमा सञ्चालन भइरहेको छ। सोही क्रममा क्...
कांग्रेस महाधिवेशनको बन्दसत्रका एजेन्डा तय गर्न केन्द्रीय कार्यसमिति बैठक शुरू

कांग्रेस महाधिवेशनको बन्दसत्रका एजेन्डा तय गर्न केन्द्रीय कार्यसमिति बैठक शुरू

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय कार्यसमितिको बैठक शुरू भएको छ। चिया नास्ता र खाजापछि नेताहरू खुलामञ...
जल तथा ऊर्जा आयोगको सचिवालयले सुरु गर्‍यो पोलिसी डायलग

जल तथा ऊर्जा आयोगको सचिवालयले सुरु गर्‍यो पोलिसी डायलग

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमातहतको जल तथा ऊर्जा आयोगको सचिवालय(वेक्स)ले नीतिगत सम्वाद सुरु गरेको छ । नीति निर्म...
शोभा गौतम पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा विजयी, अब संघको नेतृत्व सम्हाल्ने

शोभा गौतम पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा विजयी, अब संघको नेतृत्व सम्हाल्ने

पोखरा । पोखरा उद्योग वाणिज्य संघको ३६औँ महाधिवेशनबाट शोभा गौतम अध्यक्ष पदमा विजयी भएकी छन्। उद्योगी–व्यवसायीहरूको विश्वास र समर्थन...
मानवसेवा आश्रम लमजुङ भवन निर्माण तीव्र बनाइँदै, मंसिरमा गृहप्रवेश र माघमा उद्घाटनको लक्ष्य

मानवसेवा आश्रम लमजुङ भवन निर्माण तीव्र बनाइँदै, मंसिरमा गृहप्रवेश र माघमा उद्घाटनको लक्ष्य

लमजुङ, — बेँसीशहर नगरपालिका–९ मा निर्माण भइरहेको मानवसेवा आश्रमको भवन निर्माण कार्यलाई तीव्रता दिइने भएको छ। निर्माण स्थलमै आश्रमक...
पोखरा उद्योग वाणिज्य संघ अध्यक्षकी आकांक्षी शोभा गौतमद्वारा प्यानल घोषणा

पोखरा उद्योग वाणिज्य संघ अध्यक्षकी आकांक्षी शोभा गौतमद्वारा प्यानल घोषणा

पोखरा । पोखरा उद्योग वाणिज्य संघको आगामी भदौ २० र २१ गते आयोजना हुने ३६औँ महाधिवेशनलाई लक्षित गर्दै अध्यक्ष पदकी आकांक्षी शोभा गौत...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज