पोखरामा ‘फुड कार्निभल २०८१’ सुरू, विद्यार्थीले प्रस्तुत गरे ११ परिकार

पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ३ नदीपुरस्थित न्यु ग्यालेक्सी स्कुलले ‘फुड कार्निभल–२०८१’ बिहीबारदेखि सुरु भएको छ। कक्षा ११ र १२ मा होटल व्यवस्थापन सङ्कायमा अध्ययनरत विद्यार्थीलाई प्रोत्साहन गर्ने लक्ष्यसहित कार्यक्रम आयोजना गरिएको हो ।

शुक्रबारसम्म चल्ने  कार्निभलमा विभिन्न ११ प्रकारका खानाका परिकार प्रस्तुत गरिएको विद्यालयका प्राचार्य डा रामजी शर्माले जानकारी दिए । विद्यालयको ३१ औ वार्षिक उत्सवको अवसरमा आयोजित कार्यक्रममा पुरस्कार वितरण, सांस्कृतिक कार्यक्रम समेत गरिएको छ । 

मेलाको पहिलो दिन प्ले ग्रुप देखि कक्षा ५ सम्मका विद्यार्थीलाई शैक्षिक सत्र २०८१ को शैक्षिक एवम् अतिरिक्त क्रियाकलापको पुरस्कार वितरण गरियो । कार्यक्रमको उद्‌घाटन एन प्याब्सन गण्डकीका अध्यक्ष  तिलक अधिकारीले गरेका थिए ।  शुक्रबार कक्षा ६ देखि १२ सम्मका विद्यार्थीलाई पुरस्कार वितरण गरिनेछ । 

फेस्टिभलमा पोखराका नाम चलेका चार तारे होटलमा तालिम प्राप्त विद्यार्थीले खानाका परिकार तयार गरेर प्रस्तुत गरेका छन्। प्राचार्य शर्माले विद्यार्थीलाई अध्ययनसँगै स्वरोजगार बनाउने लक्ष्य विद्यालयको रहेको बताए ।

विद्यालयका सहायक प्राचार्य राजेश भण्डारीका अनुसार कार्यक्रम स्थलमा ११ वटा खानाका स्टल रहनेछन् । प्रत्येक खानाका परिकारका लागि एक सय रुपैयाँको टिकटको व्यवस्था गरिएको छ । टिकट काटेपछि सोही रकम बराबरको खानाका परिकार रोजेर खान पाइनेछ । खानाका परिकार अर्ग्यानिक हुनेछन् । स्वादभन्दा पनि स्वास्थ्यलाई ध्यानमा राखिने सहायक प्राचार्य भण्डारीले बताए ।

उनका अनुसार विद्यालयका सबै अभिभावकलाई निमन्त्रणा पत्र पठाएर कार्यक्रममा सहभागी गराएर विद्यालयका गतिविधिबारे जानकारी गराइएको छ । कार्यक्रममा लाइभ कुकिङ, फ्रुट कार्भिङ, फेयर बार टेन्डिङ, कल्चर शो, लाइभ म्युजिक र मनोरञ्जनात्मक खेल भइरहेका छन्।

विद्यालयका निर्देशक राजु कायस्थले फुड कार्निभलले विद्यार्थीहरूको प्रतिभा प्रस्फुटनमा मद्दत पुर्‍याउने विश्वास व्यक्त गरे । उनले सिक्ने र सिकाउने थलोका रुपमा विद्यालय भएकाले आफूहरूले सोही प्रकारको वातावरण सिर्जना गरेका बताए ।

२०५१ सालमा स्थापित विद्यालयमा हाल एक हजार एक सय विद्यार्थी अध्ययनरत छन् । जसमा कक्षा ११ र १२ मा मात्रै पाँच १८ विद्यार्थी छन् । विद्यालयमा कक्षा ११ र १२ मा विज्ञान, कम्प्युटर विज्ञान, व्यवस्थापन, होटल व्यवस्थापन र पर्यटनको पढाई हुँदै आइरहेको छ ।

प्रतिक्रिया

Advertisement
Advertisement

छुटाउनुभयो कि ?

हेम्जामा मानवसेवा आश्रमको महायज्ञ: भवन निर्माण सम्पन्न गर्न सहयोग आह्वान

हेम्जामा मानवसेवा आश्रमको महायज्ञ: भवन निर्माण सम्पन्न गर्न सहयोग आह्वान

पोखरा,  मानवसेवा आश्रम कास्की (हेम्जा) शाखाले निर्माणाधीन भवन सम्पन्नता तथा सेवा विस्तारका लागि बैशाख १९ गतेदेखि २६ गतेसम्म “श्रीम...
पोखरा–१९ मा प्रेरणादायी कार्यक्रम सम्पन्न, महायज्ञका लागि आह्वान

पोखरा–१९ मा प्रेरणादायी कार्यक्रम सम्पन्न, महायज्ञका लागि आह्वान

पोखरा, पोखरा महानगरपालिका–१९, भक्तिपथ स्थित श्री गणेश मन्दिर जेष्ठ नागरिक मिलन केन्द्रमा मानवसेवा आश्रमका संस्थापक तथा प्रेरणादाय...
५ करोडको कारोवार गर्दै सकियो आलु महोत्सव

५ करोडको कारोवार गर्दै सकियो आलु महोत्सव

पोखरा, ५ वैशाख ।५ करोड बढीको कारोवार गर्दै १४ औँ राष्ट्रिय हेमजा आलु महोत्सव शनिबारदेखि सकिएको छ। गत २७ चैतबाट सुरु उक्त महोत्स...
“तनावमुक्त आमा खुशी परिवारको आधार” भन्ने मूल नारासहित सकारात्मक सोच सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।

“तनावमुक्त आमा खुशी परिवारको आधार” भन्ने मूल नारासहित सकारात्मक सोच सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।

पोखरा, लेकसाइडस्थित क्रिस्टल महलमा २०८३ साल बैशाख १ गते बिहीबार आयोजना गरिएको उक्त कार्यक्रममा महिलाहरूको मानसिक स्वास्थ्य, पारिवा...
१४ औँ राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीव्र

१४ औँ राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीव्र

पोखरा, चैत्र २१ । यही चैत २७  देखि वैशाख ५ गतेसम्म हुने १४ औँ संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीव्र पारिएको छ।विष्णु...
प्रधानमन्त्री शाहको प्रेस तथा अनुसन्धान विज्ञमा दिपा दाहाल नियुक्त

प्रधानमन्त्री शाहको प्रेस तथा अनुसन्धान विज्ञमा दिपा दाहाल नियुक्त

काठमाडौंः प्रधानमन्त्री वालेन्द्र शाहको प्रेस तथा अनुसन्धान विज्ञ पदमा खोजपत्रकार, लेखक एवं लेक्चरर दिपा दाहाल नियुक्त हुनुभएको छ।...
संसदबाटै रास्वपाका सभापति लामिछानेद्वारा दलित समुदायसँग माफी

संसदबाटै रास्वपाका सभापति लामिछानेद्वारा दलित समुदायसँग माफी

काठमाडौं, १९ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले दलित समुदायप्रति संसदबाटै सार्वजनिक तथा सामूहिक मा...
स्थानीय तहका समस्या समाधानमा सरकार प्रतिबद्ध: मन्त्री रावल

स्थानीय तहका समस्या समाधानमा सरकार प्रतिबद्ध: मन्त्री रावल

काठमाडौँ — नेपाल सरकारका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले स्थानीय तहका समस्याहरू समाधान गर्न सरकार पूर्ण रू...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज