सुदूरपश्चिम विश्वविद्यालयका १३ सय ७७ विद्यार्थी दिक्षित हुँदै, भट्टले पाउदै चान्सलर पदक

महेन्द्रनगर– सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका १३ सय ७७ विद्यार्थी दिक्षीत हुने भएका छन् । आईतबार २५ गते सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा एक विशेष समारोहका विच ग्रेस लिष्टमा भएका १३ सय ७७ विद्यार्थी दिक्षीत हुन लागेका हुन ।
शुक्रबार विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा पत्रकार सम्मेलनको आयोजना मार्फत पाँचौ दिक्षान्त समारोहका बारेमा जानकारी गराएको हो । कार्यक्रममा विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री केपि शर्मावलीको अध्यक्षता र मित्र राष्ट्र भारतको सोबन सिंह जीना विश्वविद्यालय अल्मोडा उत्तराखण्डका कुलपति प्रोफेसर सत्पाल सिंह विष्टको प्रमुख आतिथ्यतामा पाचौं दिक्षान्त समारोहको आयोजना गरिन लागेको परीक्षा नियन्त्रक अनुराधा रोकायाले बताउनु भयो । उनले भने “दिक्षीत हुनेमा ८औ ग्रेस लिष्टमा भएका १३ सय ७७ भएपनि कार्यक्रमका माझ गाउन र टोपि लगाएर दिक्षित हुनेको संख्या भने ३ सय ७२ जनाको आवेदन परेकाले ती विद्यार्थीले कार्यक्रमका माझ दिक्षीत हुने बताए । दिक्षित हुनेमा स्नातक र स्नातकोत्तर तहका मानविकि तथा समाजशास्त्र , शिक्षा, व्यवस्थापन, ईन्जिनियरिङ, कृषि विज्ञान सहित ६ वटा विभिन्न संकायका रहेका छन् । भने यस पटक एमफिल गरेकाहरू समेत दिक्षित हुने परिक्षा नियन्त्रक रोकायाले बताए । दिक्षित हुने मध्येबाट ११ जनाले पदक पाउने छन् । जसमा पहिलो पदक चान्सलर पाउनेमा शिक्षाशास्त्र संकायका स्नातकोत्तर तहका पदमराज भट्ट रहेका छन् । उनले ३ दशमलव ४० सिजिपिए अंक प्राप्त गरेका छन् ।

भ्वाईस चान्सलर पदक पाउनेमा कृषि विज्ञान संकायमा स्नातक तहमा अध्ययनरत कुशुम तिमिल्सिना रहेकि छिन् । उनले ३ दशमलव ९३ सिजिपिए अंक प्राप्त गरेकि छिन ।

यस्तै अन्य भ्वाई चान्सलर पदक र संवरण पदकबाट कार्यक्रममा सम्मानित हुने परिक्षा नियन्त्रक रोकायाले पत्रकार सम्मेलनमा जानकारी दिनु भयो ।

दिक्षान्त समारोह कार्यक्रममा ३ सय ३० जना विद्यार्थीका अभिभावक समेत सहभागी हुने छन् । कार्यक्रम विहान १० बजेबाट शुरू हुनेछ ।

प्रतिक्रिया

Advertisement
Advertisement

छुटाउनुभयो कि ?

हेम्जामा मानवसेवा आश्रमको महायज्ञ: भवन निर्माण सम्पन्न गर्न सहयोग आह्वान

हेम्जामा मानवसेवा आश्रमको महायज्ञ: भवन निर्माण सम्पन्न गर्न सहयोग आह्वान

पोखरा,  मानवसेवा आश्रम कास्की (हेम्जा) शाखाले निर्माणाधीन भवन सम्पन्नता तथा सेवा विस्तारका लागि बैशाख १९ गतेदेखि २६ गतेसम्म “श्रीम...
पोखरा–१९ मा प्रेरणादायी कार्यक्रम सम्पन्न, महायज्ञका लागि आह्वान

पोखरा–१९ मा प्रेरणादायी कार्यक्रम सम्पन्न, महायज्ञका लागि आह्वान

पोखरा, पोखरा महानगरपालिका–१९, भक्तिपथ स्थित श्री गणेश मन्दिर जेष्ठ नागरिक मिलन केन्द्रमा मानवसेवा आश्रमका संस्थापक तथा प्रेरणादाय...
५ करोडको कारोवार गर्दै सकियो आलु महोत्सव

५ करोडको कारोवार गर्दै सकियो आलु महोत्सव

पोखरा, ५ वैशाख ।५ करोड बढीको कारोवार गर्दै १४ औँ राष्ट्रिय हेमजा आलु महोत्सव शनिबारदेखि सकिएको छ। गत २७ चैतबाट सुरु उक्त महोत्स...
“तनावमुक्त आमा खुशी परिवारको आधार” भन्ने मूल नारासहित सकारात्मक सोच सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।

“तनावमुक्त आमा खुशी परिवारको आधार” भन्ने मूल नारासहित सकारात्मक सोच सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।

पोखरा, लेकसाइडस्थित क्रिस्टल महलमा २०८३ साल बैशाख १ गते बिहीबार आयोजना गरिएको उक्त कार्यक्रममा महिलाहरूको मानसिक स्वास्थ्य, पारिवा...
१४ औँ राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीव्र

१४ औँ राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीव्र

पोखरा, चैत्र २१ । यही चैत २७  देखि वैशाख ५ गतेसम्म हुने १४ औँ संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीव्र पारिएको छ।विष्णु...
प्रधानमन्त्री शाहको प्रेस तथा अनुसन्धान विज्ञमा दिपा दाहाल नियुक्त

प्रधानमन्त्री शाहको प्रेस तथा अनुसन्धान विज्ञमा दिपा दाहाल नियुक्त

काठमाडौंः प्रधानमन्त्री वालेन्द्र शाहको प्रेस तथा अनुसन्धान विज्ञ पदमा खोजपत्रकार, लेखक एवं लेक्चरर दिपा दाहाल नियुक्त हुनुभएको छ।...
संसदबाटै रास्वपाका सभापति लामिछानेद्वारा दलित समुदायसँग माफी

संसदबाटै रास्वपाका सभापति लामिछानेद्वारा दलित समुदायसँग माफी

काठमाडौं, १९ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले दलित समुदायप्रति संसदबाटै सार्वजनिक तथा सामूहिक मा...
स्थानीय तहका समस्या समाधानमा सरकार प्रतिबद्ध: मन्त्री रावल

स्थानीय तहका समस्या समाधानमा सरकार प्रतिबद्ध: मन्त्री रावल

काठमाडौँ — नेपाल सरकारका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले स्थानीय तहका समस्याहरू समाधान गर्न सरकार पूर्ण रू...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज