नेपाल निजामती कर्मचारी युनियन कञ्चनपुरको ९औं जिल्ला अधिवेशन शुरु

महेन्द्रनगर-नेपाल निजामती कर्मचारी युनियन कञ्चनपुरको ९ औं जिल्ला अधिवेशनको सुरु भएको छ । आज सुदुरपस्चिम प्रदेशका अर्थ मन्त्री बहादुर सिंह थापाको प्रमुख आतिथ्यता तथा नेपाल निजामती कर्मचारी युनियन कञ्चनपुरका अध्यक्ष महेश कुमार जोशीको सभापतित्वमा उद्योग वाणिज्य संगको सभाहलमा सुरु भएको हो ।

नेपाल निजामती कर्मचारी युनियनका पूर्व जिल्ला सभापति गौराज़ लिम्बूले कार्यक्रममा शुभकामना मन्तव्य दिँदै सबैभन्दा क्षमतावान नेतृत्वको चयन हुने आशा व्यक्त गर्नु भयो । उहाले समग्र निजामती कर्मचारीको हकहितमा काम गर्नसक्ने नेतृत्व चयनको शुभकामना दिनुभयो ।

त्यसै गरी निर्माण व्यवसायी संघ कञ्चनपुरका अध्यक्ष निरञ्जन भट्टले कार्यक्रम सफलताको कामना गर्दै सरकारलाई निर्माण व्यवसायीका समस्यामा गम्भीर हुन आग्रह गर्नुभयो ।
नेपाल निजामती कर्मचारी युनियन केन्द्रीय कार्यसमिति सदस्य कमलापति भट्टले निजामती ऐनलाई सबै कर्मचारीको भलो किसिमको बनाउन आफूहरु लागिपरेको बताउनुभयो । उहाँले स्थानिय, प्रदेश र संघका कर्मचारी साथीहरुको भावना समेटेर ऐन निर्माण गर्न सकारात्मक भूमिका खेलिरहेको बताउनु भयो ।
त्यसै गरी नेपाल इन्जिनियरिङ संघ सुपका सभापति नवीन राज जोशीले सबै कुरा बुझेको मानिस नेतृत्वमा पुगे नेपाली कांग्रेसको भलो हुने बताउनुभयो । भोलिका दिनमा राष्टको लागि गर्न सकिन्छ भन्ने विषयमा गम्भीर हुनुपर्ने उहाले बताउनुभयो ।

त्यसैगरी नेविसंघ कञ्चनपुरका सभापति रमेश चाटौत ले प्रजातन्त्र र अहिलेको संघीयता ल्याउनमा थुले योगदान भएको बताउनुभयो ।

 

उद्यघाटन कार्यक्रममा विशिष्ट अतिथिमा नेपाली कांग्रेस सुप सहमहामन्त्री गोपाल प्रसाद भट्ट, जिल्ला समन्वय समिति प्रमुख दुर्गादत्त बाेहरा, बेदकोट नगरपालिकाको नगर प्रमुख भोजराज बाेहरा, पुनर्वास नगरपालिका नगर प्रमुख तोय प्रकाश शर्मा, निर्माण व्यावसाय संघ कञ्चनपुरका अध्यक्ष निरञ्जन भट्ट, गौराज लिम्बू, नेपाल पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष सुरेश सिंह धामी, कर्मचारी युनियन केन्द्रीय सदस्य कमलापती भट्ट, नेपाल इन्जिनियरिङ संघ सुपका सभापति नवीन राज जोशी लगायत विभिन्न संघ संस्थाका प्रमुख तथा प्रमुखको उपस्थिति रहेको थियो । कार्यक्रममा नेपाल निजामती कर्मचारी युनियन कञ्चनपुरका उपाध्यक्ष गीता भण्डारीले स्वागत मन्तव्य राखेका थिए ।

प्रतिक्रिया

Advertisement
Advertisement

छुटाउनुभयो कि ?

हेम्जामा मानवसेवा आश्रमको महायज्ञ: भवन निर्माण सम्पन्न गर्न सहयोग आह्वान

हेम्जामा मानवसेवा आश्रमको महायज्ञ: भवन निर्माण सम्पन्न गर्न सहयोग आह्वान

पोखरा,  मानवसेवा आश्रम कास्की (हेम्जा) शाखाले निर्माणाधीन भवन सम्पन्नता तथा सेवा विस्तारका लागि बैशाख १९ गतेदेखि २६ गतेसम्म “श्रीम...
पोखरा–१९ मा प्रेरणादायी कार्यक्रम सम्पन्न, महायज्ञका लागि आह्वान

पोखरा–१९ मा प्रेरणादायी कार्यक्रम सम्पन्न, महायज्ञका लागि आह्वान

पोखरा, पोखरा महानगरपालिका–१९, भक्तिपथ स्थित श्री गणेश मन्दिर जेष्ठ नागरिक मिलन केन्द्रमा मानवसेवा आश्रमका संस्थापक तथा प्रेरणादाय...
५ करोडको कारोवार गर्दै सकियो आलु महोत्सव

५ करोडको कारोवार गर्दै सकियो आलु महोत्सव

पोखरा, ५ वैशाख ।५ करोड बढीको कारोवार गर्दै १४ औँ राष्ट्रिय हेमजा आलु महोत्सव शनिबारदेखि सकिएको छ। गत २७ चैतबाट सुरु उक्त महोत्स...
“तनावमुक्त आमा खुशी परिवारको आधार” भन्ने मूल नारासहित सकारात्मक सोच सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।

“तनावमुक्त आमा खुशी परिवारको आधार” भन्ने मूल नारासहित सकारात्मक सोच सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।

पोखरा, लेकसाइडस्थित क्रिस्टल महलमा २०८३ साल बैशाख १ गते बिहीबार आयोजना गरिएको उक्त कार्यक्रममा महिलाहरूको मानसिक स्वास्थ्य, पारिवा...
१४ औँ राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीव्र

१४ औँ राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीव्र

पोखरा, चैत्र २१ । यही चैत २७  देखि वैशाख ५ गतेसम्म हुने १४ औँ संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीव्र पारिएको छ।विष्णु...
प्रधानमन्त्री शाहको प्रेस तथा अनुसन्धान विज्ञमा दिपा दाहाल नियुक्त

प्रधानमन्त्री शाहको प्रेस तथा अनुसन्धान विज्ञमा दिपा दाहाल नियुक्त

काठमाडौंः प्रधानमन्त्री वालेन्द्र शाहको प्रेस तथा अनुसन्धान विज्ञ पदमा खोजपत्रकार, लेखक एवं लेक्चरर दिपा दाहाल नियुक्त हुनुभएको छ।...
संसदबाटै रास्वपाका सभापति लामिछानेद्वारा दलित समुदायसँग माफी

संसदबाटै रास्वपाका सभापति लामिछानेद्वारा दलित समुदायसँग माफी

काठमाडौं, १९ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले दलित समुदायप्रति संसदबाटै सार्वजनिक तथा सामूहिक मा...
स्थानीय तहका समस्या समाधानमा सरकार प्रतिबद्ध: मन्त्री रावल

स्थानीय तहका समस्या समाधानमा सरकार प्रतिबद्ध: मन्त्री रावल

काठमाडौँ — नेपाल सरकारका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले स्थानीय तहका समस्याहरू समाधान गर्न सरकार पूर्ण रू...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज