नेपाली कांगेस नगर सभापति कलौनीको पोस्टमार्टम रिपोर्ट आयो, पोष्टमार्टम रिपोर्टले के भन्छ ?

महेन्द्रनगर–नेपाली कांग्रेस भीमदत्त नगरपालिकाका नगर सभापति अच्युत कलौनीको पोस्टमार्टम रिपोर्ट आएको छ । पोस्टमार्टम रिपोर्टमार्फत घटनाको सत्यतथ्य सार्वजनिक हुने अपेक्षा गरिएका बेला पोस्टमार्टम रिपोर्टमा नै मृत्युको ठोस कारण नखुलेको प्रहरीले बताएको छ । नगर सभापति कलौनी गत शनिवार बिहान मृत फेला परेका थिए । भीमदत्त नगरपालिकाको मामा भान्जा चोक नजिक घोप्टो परेको अवस्थामा उनको शव फेला परेको थियो । शुक्रवार राति ९ः३३ बजेसम्मको सीसीटीभी फुटेजमा देखिएका कलौनी त्यसको केही मिटर पर मृत फेला परेका थिए। परिवारका सदस्यहरूले उनको हत्या भएको आशङ्का गरेका छन। प्रहरीले भने विभिन्न कोणबाट घटनाको अनुसन्धान गरिरहेको जनाएको छ । घटनाको भोलिपल्टै भेरी अस्पताल नेपालगञ्जका फरेन्सिक विज्ञसहितको डाक्टरको टोलीले कञ्चनपुर पुगेरै पोस्टमार्टम गरेको थियो। त्यसको रिपोर्ट आज आएको छ। रिपोर्टमा भित्री बाहिरी चोट नदेखिएको, तर ‘अक्लुजन’का कारण मृत्यु भएको हुनसक्ने सङ्केत गरेको छ। ठोस कारण भने रिपोर्टमा छैन ।
घटना हुनुभन्दा केही समयअघि कलौनी अस्पतालमा ग्यास्टिकको औषधि लिन गएको प्रहरी अनुसन्धानबाट खुलेको छ । उनको साथमा प्रहरीले औषधि पनि भेट्टाएको थियो। मृत फेला परेका कलौनीको बाहिर चोट देखिएको थिएन। पोस्टमार्टम रिपोर्टमा भित्री चोट पनि नदेखिएको प्रहरीको भनाइ छ।
पोस्टमार्टमको रिपोर्टबाट मात्रै घटनाको तथ्य सार्वजनिक हुन नसकेपछि प्रहरीले मुटुको थप परीक्षण गर्ने तयारी गरेको छ । कलौनीको मुटु परीक्षण गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइने भएको छ ।
त्यस्तै नेपाल प्रहरी विधि विज्ञान प्रयोगशाला नेपालगञ्जमा भिसेरा परीक्षणको तयारी गरिएको छ । कलौनीले प्रयोग गर्दै आएको मोबाइल अझैसम्म प्रहरीले फेला पार्न सकेको छैन ।

प्रतिक्रिया

Advertisement
Advertisement

छुटाउनुभयो कि ?

सामाजिक सञ्जालमा बढ्दो दुर्व्यवहारविरुद्ध कडा कारबाहीको माग गर्दै कास्की प्रशासनमा ध्यानाकर्षण पत्र

सामाजिक सञ्जालमा बढ्दो दुर्व्यवहारविरुद्ध कडा कारबाहीको माग गर्दै कास्की प्रशासनमा ध्यानाकर्षण पत्र

पोखरा - परिवर्तन नेपाल अभियानले सामाजिक सञ्जालमार्फत बढ्दै गएको दुर्व्यवहार र धम्कीपूर्ण अभिव्यक्तिविरुद्ध कडा कारबाहीको माग गर्दै...
पोखरामा फोर थ्री गोर्खा राइफल्सको ६४औँ फ्ल्याग राइजिङ डे भव्य रूपमा सम्पन्न

पोखरामा फोर थ्री गोर्खा राइफल्सको ६४औँ फ्ल्याग राइजिङ डे भव्य रूपमा सम्पन्न

पोखरा — भारतीय सेनाको फोर थ्री गोर्खा राइफल्सका भूतपूर्व सैनिकहरूले पोखरामा आफ्नो ६४औँ फ्ल्याग राइजिङ डे भव्य रूपमा मनाएका छन्। पो...
चुनावी पोस्टरले नगरलाई कुरूप नबनाउने मनिष झाको घोषणा

चुनावी पोस्टरले नगरलाई कुरूप नबनाउने मनिष झाको घोषणा

जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय प्रवक्ता तथा धनुषा क्षेत्र नं. ३ बाट प्रतिनिधिसभाका उम्मेदवार मनिष झाले आफ्नो न...
पोखराकी मोटोभ्लगर सुरक्ष्या केसी ‘इन्स्टाग्राम’को आधिकारिक Reels च्यानलमा फिचर्ड

पोखराकी मोटोभ्लगर सुरक्ष्या केसी ‘इन्स्टाग्राम’को आधिकारिक Reels च्यानलमा फिचर्ड

पोखरा – साहसिक यात्रा र मोटोभ्लगिङमार्फत पहिचान बनाउँदै आएकी पोखराकी चेली सुरक्ष्या केसीले अन्तर्राष्ट्रिय स्तरमा नयाँ उपलब्धि हास...
पोखरामा १४ औँ संस्करणको पोखरा महोत्सव पुस २९ देखि

पोखरामा १४ औँ संस्करणको पोखरा महोत्सव पुस २९ देखि

पोखरा । युनाईटेड क्लबको आयोजनामा १४ औँ संस्करणको पोखरा महोत्सव हुने भएको छ । ‘युवाको जाँगर राष्ट्र निर्माणको आधार’ भन्ने नाराका सा...
तमु ल्होछार आगमनमा तमु धिंले औषधोपचारका लागि १० बिरामीलाई २ लाख ५० हजार सहयोग

तमु ल्होछार आगमनमा तमु धिंले औषधोपचारका लागि १० बिरामीलाई २ लाख ५० हजार सहयोग

पोखरा, तमु ल्होछार आगमनको अवसरमा तमु धिं नेपालले शुक्रवार १० जना विरामीलाई २ लाख ५० हजार रुपैया स्वास्थ्योपचारका लागि सहयोग वितरण...
२१ औँ लेखनाथ महोत्सव पुस ३ गतेदेखि तालचोकमा सुरु हुँदै

२१ औँ लेखनाथ महोत्सव पुस ३ गतेदेखि तालचोकमा सुरु हुँदै

पोखरा, पुस २७ — पोखरा–२७ तालचोकमा पुस ३ गतेदेखि १४ गतेसम्म २१ औँ संस्करणको लेखनाथ महोत्सव आयोजना हुने भएको छ। स्थानीय उत्पादन र उद...
एभरेस्ट एफएमको पाचौं वार्षिकोत्सवको अवसरमा मानव सेवा आश्रमलाई थप १ लाख प्रदान

एभरेस्ट एफएमको पाचौं वार्षिकोत्सवको अवसरमा मानव सेवा आश्रमलाई थप १ लाख प्रदान

पोखराबाट प्रशारण हुने एभरेस्ट एफएमले पोखरा–२५ हेम्जास्थित मानव सेवा आश्रमलाई थप १ लाख एक रुपैयाँ प्रदान गरेको छ । एभरेस्ट मिडिय...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज