चौध लाख बढि रकम चोरी गर्ने महिला र पुरुष पक्राउ

महेन्द्रनगर–वडा प्रहरी कार्यालय बैदाम कास्कीबाट खटिएको प्रहरी टोलीले चौध लाखबढि रकम चोरी गर्ने महिला र पुरुषलाई रकम सहित रंगेहात पक्राउ गरेको छ । कास्की जिल्लाको पोखरा महानगरपालिका वडा नं. ८ सिर्जनाचोक स्थित साईमन पार्टि प्यालेसको कार्यालयबाट चोरी गरी फरार रहेका रुपन्देहीको देवदह नगरपालिका वडा नं. १० का २२ बर्षिय ईश्वर श्रेष्ठ र स्याङ्जाको भिरकोट नगरपालिका वडा नं. ३की २९ बर्षिया पुजा श्रेष्ठलाई नगद रु १२ लाख ५२ हजार ५८० र तिन थान मोवाईल सहित रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नं. ११ कालिका नगरको होटलबाट प्रहरीले आईतबार पक्राउ गरेको हो । शुक्रबारदेखि चोरी गरी फरार दुबै जनालाई पक्राउ गर्न वडा प्रहरी कार्यालय बैदाम कास्कीबाट खटिएको प्रहरी टोलीले ईलाका प्रहरी कार्यालय बुटवल रुपन्देहीको सहयोग लिएको थियो ।

ईलाका प्रहरी कार्यालयमा चोरी भएको सूचना आउनेवित्तिकै प्रहरी परिचालन गरीएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक बसन्त कुमार शर्माले बताए । उनका अनुसार १४ लाख ७४ हजार चोरी भएको सूचना आएको थियो । पक्राउ परेका उनीहरुलाई आईतबार नै जिल्ला अदालत कास्कीबाट ६ दिन म्याद थप गरी चोरी तथा डाँका सम्बन्धी मुद्धामा थप अनुसन्धान प्रकृया अगाडी बढाईएको सूचना अधिकारी प्रहरी नायव उपरिक्षक शर्माले बताए ।

प्रतिक्रिया

Advertisement
Advertisement

छुटाउनुभयो कि ?

हेम्जामा मानवसेवा आश्रमको महायज्ञ: भवन निर्माण सम्पन्न गर्न सहयोग आह्वान

हेम्जामा मानवसेवा आश्रमको महायज्ञ: भवन निर्माण सम्पन्न गर्न सहयोग आह्वान

पोखरा,  मानवसेवा आश्रम कास्की (हेम्जा) शाखाले निर्माणाधीन भवन सम्पन्नता तथा सेवा विस्तारका लागि बैशाख १९ गतेदेखि २६ गतेसम्म “श्रीम...
पोखरा–१९ मा प्रेरणादायी कार्यक्रम सम्पन्न, महायज्ञका लागि आह्वान

पोखरा–१९ मा प्रेरणादायी कार्यक्रम सम्पन्न, महायज्ञका लागि आह्वान

पोखरा, पोखरा महानगरपालिका–१९, भक्तिपथ स्थित श्री गणेश मन्दिर जेष्ठ नागरिक मिलन केन्द्रमा मानवसेवा आश्रमका संस्थापक तथा प्रेरणादाय...
५ करोडको कारोवार गर्दै सकियो आलु महोत्सव

५ करोडको कारोवार गर्दै सकियो आलु महोत्सव

पोखरा, ५ वैशाख ।५ करोड बढीको कारोवार गर्दै १४ औँ राष्ट्रिय हेमजा आलु महोत्सव शनिबारदेखि सकिएको छ। गत २७ चैतबाट सुरु उक्त महोत्स...
“तनावमुक्त आमा खुशी परिवारको आधार” भन्ने मूल नारासहित सकारात्मक सोच सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।

“तनावमुक्त आमा खुशी परिवारको आधार” भन्ने मूल नारासहित सकारात्मक सोच सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।

पोखरा, लेकसाइडस्थित क्रिस्टल महलमा २०८३ साल बैशाख १ गते बिहीबार आयोजना गरिएको उक्त कार्यक्रममा महिलाहरूको मानसिक स्वास्थ्य, पारिवा...
१४ औँ राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीव्र

१४ औँ राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीव्र

पोखरा, चैत्र २१ । यही चैत २७  देखि वैशाख ५ गतेसम्म हुने १४ औँ संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीव्र पारिएको छ।विष्णु...
प्रधानमन्त्री शाहको प्रेस तथा अनुसन्धान विज्ञमा दिपा दाहाल नियुक्त

प्रधानमन्त्री शाहको प्रेस तथा अनुसन्धान विज्ञमा दिपा दाहाल नियुक्त

काठमाडौंः प्रधानमन्त्री वालेन्द्र शाहको प्रेस तथा अनुसन्धान विज्ञ पदमा खोजपत्रकार, लेखक एवं लेक्चरर दिपा दाहाल नियुक्त हुनुभएको छ।...
संसदबाटै रास्वपाका सभापति लामिछानेद्वारा दलित समुदायसँग माफी

संसदबाटै रास्वपाका सभापति लामिछानेद्वारा दलित समुदायसँग माफी

काठमाडौं, १९ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले दलित समुदायप्रति संसदबाटै सार्वजनिक तथा सामूहिक मा...
स्थानीय तहका समस्या समाधानमा सरकार प्रतिबद्ध: मन्त्री रावल

स्थानीय तहका समस्या समाधानमा सरकार प्रतिबद्ध: मन्त्री रावल

काठमाडौँ — नेपाल सरकारका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले स्थानीय तहका समस्याहरू समाधान गर्न सरकार पूर्ण रू...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज