एनएनएसडब्ल्यूए(को ३५ औँ वार्षीकोत्सव तथा मुगा जयन्ती भब्यताका साथ सम्पन्न

महेन्द्रनगर–नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए)को ३५ औँ वार्षीकोत्सव तथा मुगा जयन्ती सम्पन्न भएको छ । शनिबार एनएनएसडब्ल्यूए केन्द्रीय कार्यालयमा संस्थाको ३५ औँ वार्षीकोत्सव तथा मुगा जयन्ती सफलतापूर्वक सम्पन्न भएको हो । कार्यक्रममा स्वागत मन्तब्य राख्दै एनएनएसडब्ल्यूएका संस्थापक अध्यक्ष तथा कार्यकारी निर्देशक अशोक बिक्रम जैरूले सन् १९९० मा कञ्चनजङ्घा साँस्कृतिक समूहको नामले गठन भएको संस्थाले देउसी भैलो खेलेर सङ्कलन गरेको रकमबाट दलित समूदायका गरिब तथा जेहेनदार बालिबालिकाहरूलाई छात्रवृत्ति तथा आपत(विपद्मा परेका व्यक्तिहरूलाई सहयोग गरेर सामाजिक कार्यको सुभारम्भ गरेको स्मरण गर्नुभयो। उहाँले संस्था अहिले समतामूलक समाज निर्माणका लागि सुदूरपश्चिम प्रदेशमा अग्रणी संस्थाको रूपमा स्थापित भएको बताउनुभयो। कार्यकारी निर्देशक जैरूले विभिन्न आरोह(अवरोह साथै चुनौतीहरूको सामना गर्दै समाज रूपान्तरणका लागि ३५ वर्ष समर्पित गर्ने यो महत्त्वपूर्ण यात्रामा प्रत्यक्ष(अप्रत्यक्ष रूपमा सहयोग तथा सहकार्य गर्ने सम्पूर्ण दातृ निकाय, स्थानीय सरकार, समूदाय र सरोकारवाला निकायहरू प्रति कृतज्ञता व्यक्त गर्नुभयो ।
कार्यक्रममा आफ्नो शुभकामना मन्तब्य राख्दै प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला मन्त्री बहादुर सिँह थापाले जातीय विभेदमा पारेका समुदाय, अपाङ्गता भएका व्यक्ति, पछाडी परेका समुदाय, आरक्ष पीडित, मुक्तकमलरी, महिला, बालबालिका, विपदमा परेका समुदाय, एचआईभी संक्रमित र कुष्ठरोग प्रभावित व्यक्तिहरूका लागि विकासमूखी कार्य गरि संस्थाले समाज रूपान्तरणमा महत्त्वपूर्ण ३५ वर्ष समर्पित गरेको बताउनुभयो। मन्त्री थापाले संस्थाको आगामी योजनामा सहयोग गर्न प्रदेश सरकार सधै तत्पर रहने प्रतिवद्धता व्यक्त गर्दै संस्थाको आगामी आत्राको सफलताको कामना गर्नुभयो।

कार्यक्रममा प्रदेश सभा सदस्य बेलबहादुर राना मगर र पूर्व आर्थिक मामिला मन्त्री प्रकाश रावलले समाज रूपान्तरणमा संस्थाले गरेको कामको प्रशंसा गर्दै आगामी यात्राको सफलताको कामना गर्नुभएको थियो। कार्यक्रममा दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले सरकारले गर्न नसकेको काम एनएनएसडब्ल्यूएले गरेको बताउनुभयो। उहाँले दोधारा चाँदनी नगरपालिकामा विपद् व्यवस्थापनको क्षेत्रमा संस्थाले महत्त्वपूर्ण काम गरेको बताउनुभयो ।
पत्रकार महासंघ कञ्चनपुर शाखाका अध्यक्ष सुरेश सिंह धामीले कार्यक्रमको शुभकामना मन्तव्य व्यक्त गर्दै आगामी दिनमा सहकार्य गरेर जाने प्रतिबद्धता व्यक्त गरेको थिए । कार्यक्रममा जिल्ला समन्वय समिति कञ्चनपुरका उपप्रमुख राम कुमारी राना, नेपाली काँग्रेस कञ्चनपुरका उपसचिव नाफुसिँह साउँद, लोकतान्त्रिक गैर सरकारी संस्था महासंघका अध्यक्ष गिरिराज शर्मा, संस्थाको कार्यसमिति पदाधिकारी तथा सदस्यहरू, संस्थाका कर्मचारीहरू, विभिन्न संघसंस्थाका प्रतिनिधिहरू, पत्रकार महासंघ कञ्चनपुरका जिल्ला अध्यक्ष सुरेश सिंह धामी, बरिष्ठ पत्रकार चित्राङ्ग थापाकासाथै समाजसेवी तथा बुद्धिजीहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा संस्थाका कर्मचारीहरूले संस्थाको परिकल्पना, ध्येय, लक्ष्य र उद्देश्य समेटी तयार पारिएको स्वागत गीत प्रस्तुत गरेका थिए। साथै संस्थाको स्थापनाकाल देखिको घटनाक्रम समेटेर तयार पारिएको वृत्तचित्र प्रस्तुत गरिएको थियो ।

प्रतिक्रिया

Advertisement
Advertisement

छुटाउनुभयो कि ?

हेम्जामा मानवसेवा आश्रमको महायज्ञ: भवन निर्माण सम्पन्न गर्न सहयोग आह्वान

हेम्जामा मानवसेवा आश्रमको महायज्ञ: भवन निर्माण सम्पन्न गर्न सहयोग आह्वान

पोखरा,  मानवसेवा आश्रम कास्की (हेम्जा) शाखाले निर्माणाधीन भवन सम्पन्नता तथा सेवा विस्तारका लागि बैशाख १९ गतेदेखि २६ गतेसम्म “श्रीम...
पोखरा–१९ मा प्रेरणादायी कार्यक्रम सम्पन्न, महायज्ञका लागि आह्वान

पोखरा–१९ मा प्रेरणादायी कार्यक्रम सम्पन्न, महायज्ञका लागि आह्वान

पोखरा, पोखरा महानगरपालिका–१९, भक्तिपथ स्थित श्री गणेश मन्दिर जेष्ठ नागरिक मिलन केन्द्रमा मानवसेवा आश्रमका संस्थापक तथा प्रेरणादाय...
५ करोडको कारोवार गर्दै सकियो आलु महोत्सव

५ करोडको कारोवार गर्दै सकियो आलु महोत्सव

पोखरा, ५ वैशाख ।५ करोड बढीको कारोवार गर्दै १४ औँ राष्ट्रिय हेमजा आलु महोत्सव शनिबारदेखि सकिएको छ। गत २७ चैतबाट सुरु उक्त महोत्स...
“तनावमुक्त आमा खुशी परिवारको आधार” भन्ने मूल नारासहित सकारात्मक सोच सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।

“तनावमुक्त आमा खुशी परिवारको आधार” भन्ने मूल नारासहित सकारात्मक सोच सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।

पोखरा, लेकसाइडस्थित क्रिस्टल महलमा २०८३ साल बैशाख १ गते बिहीबार आयोजना गरिएको उक्त कार्यक्रममा महिलाहरूको मानसिक स्वास्थ्य, पारिवा...
१४ औँ राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीव्र

१४ औँ राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीव्र

पोखरा, चैत्र २१ । यही चैत २७  देखि वैशाख ५ गतेसम्म हुने १४ औँ संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीव्र पारिएको छ।विष्णु...
प्रधानमन्त्री शाहको प्रेस तथा अनुसन्धान विज्ञमा दिपा दाहाल नियुक्त

प्रधानमन्त्री शाहको प्रेस तथा अनुसन्धान विज्ञमा दिपा दाहाल नियुक्त

काठमाडौंः प्रधानमन्त्री वालेन्द्र शाहको प्रेस तथा अनुसन्धान विज्ञ पदमा खोजपत्रकार, लेखक एवं लेक्चरर दिपा दाहाल नियुक्त हुनुभएको छ।...
संसदबाटै रास्वपाका सभापति लामिछानेद्वारा दलित समुदायसँग माफी

संसदबाटै रास्वपाका सभापति लामिछानेद्वारा दलित समुदायसँग माफी

काठमाडौं, १९ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले दलित समुदायप्रति संसदबाटै सार्वजनिक तथा सामूहिक मा...
स्थानीय तहका समस्या समाधानमा सरकार प्रतिबद्ध: मन्त्री रावल

स्थानीय तहका समस्या समाधानमा सरकार प्रतिबद्ध: मन्त्री रावल

काठमाडौँ — नेपाल सरकारका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले स्थानीय तहका समस्याहरू समाधान गर्न सरकार पूर्ण रू...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज