नेकपा एमालेको दशौँ महाधिवेशन मङ्सिरमा

काठमाडौँ ।  नेकपा (एमाले)ले आगामी मङ्सिर १० देखि १२ गतेसम्म दशौँ महाधिवेशन गर्ने भएको छ । तुल्सीलाल स्मृति प्रतिष्ठानमा आज बसेको स्थायी कमिटिको बैठकले दशौँ महाधिवेशनको मिति तय गरेको प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिनुभयो । 

यस्तै, आगामी असोज ४, ५ र ६ गते विधान अधिवेशन गरिने भएको छ । महाधिवेशन र विधान अधिवेशन दुवै काठमाडौँमा नै आयोजना गरिने प्रवक्ता ज्ञवालीको भनाइ छ । यस्तै, अर्को पार्टी बनाउने तयारीमा रहनुभएका माधव नेपालसहितका नेता तथा कार्यकर्तालाई पार्टी एकतामा आउन बैठकले आह्वान गरेको छ । 

बैठकले पार्टीका सबै निकायलाई २०७५ जेठ २ पूर्वको जिम्मेवारीमा क्रियाशील हुन निर्देशन दिइएको छ । गत असार २७ गतेको १० बुँदे सहमतिका आधारमा क्रियाशील हुन सबै निकायलाई निर्देशन दिइएको सो पार्टीले जनाएको छ । 

यस्तै, १० बुँदे सहमति कार्यान्वयनका लागि महासचिव ईश्वर पोखरेलको संयोजकत्वमा उपाध्यक्ष भीम रावल, उपमहासचिव विष्णु पौडेल र घनश्याम भुसाल, स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे र लेखराज भट्ट सदस्य रहेको कार्यदल गठन गरिएको छ ।

प्रतिक्रिया

Advertisement
Advertisement

छुटाउनुभयो कि ?

हेम्जामा मानवसेवा आश्रमको महायज्ञ: भवन निर्माण सम्पन्न गर्न सहयोग आह्वान

हेम्जामा मानवसेवा आश्रमको महायज्ञ: भवन निर्माण सम्पन्न गर्न सहयोग आह्वान

पोखरा,  मानवसेवा आश्रम कास्की (हेम्जा) शाखाले निर्माणाधीन भवन सम्पन्नता तथा सेवा विस्तारका लागि बैशाख १९ गतेदेखि २६ गतेसम्म “श्रीम...
पोखरा–१९ मा प्रेरणादायी कार्यक्रम सम्पन्न, महायज्ञका लागि आह्वान

पोखरा–१९ मा प्रेरणादायी कार्यक्रम सम्पन्न, महायज्ञका लागि आह्वान

पोखरा, पोखरा महानगरपालिका–१९, भक्तिपथ स्थित श्री गणेश मन्दिर जेष्ठ नागरिक मिलन केन्द्रमा मानवसेवा आश्रमका संस्थापक तथा प्रेरणादाय...
५ करोडको कारोवार गर्दै सकियो आलु महोत्सव

५ करोडको कारोवार गर्दै सकियो आलु महोत्सव

पोखरा, ५ वैशाख ।५ करोड बढीको कारोवार गर्दै १४ औँ राष्ट्रिय हेमजा आलु महोत्सव शनिबारदेखि सकिएको छ। गत २७ चैतबाट सुरु उक्त महोत्स...
“तनावमुक्त आमा खुशी परिवारको आधार” भन्ने मूल नारासहित सकारात्मक सोच सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।

“तनावमुक्त आमा खुशी परिवारको आधार” भन्ने मूल नारासहित सकारात्मक सोच सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।

पोखरा, लेकसाइडस्थित क्रिस्टल महलमा २०८३ साल बैशाख १ गते बिहीबार आयोजना गरिएको उक्त कार्यक्रममा महिलाहरूको मानसिक स्वास्थ्य, पारिवा...
१४ औँ राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीव्र

१४ औँ राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीव्र

पोखरा, चैत्र २१ । यही चैत २७  देखि वैशाख ५ गतेसम्म हुने १४ औँ संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीव्र पारिएको छ।विष्णु...
प्रधानमन्त्री शाहको प्रेस तथा अनुसन्धान विज्ञमा दिपा दाहाल नियुक्त

प्रधानमन्त्री शाहको प्रेस तथा अनुसन्धान विज्ञमा दिपा दाहाल नियुक्त

काठमाडौंः प्रधानमन्त्री वालेन्द्र शाहको प्रेस तथा अनुसन्धान विज्ञ पदमा खोजपत्रकार, लेखक एवं लेक्चरर दिपा दाहाल नियुक्त हुनुभएको छ।...
संसदबाटै रास्वपाका सभापति लामिछानेद्वारा दलित समुदायसँग माफी

संसदबाटै रास्वपाका सभापति लामिछानेद्वारा दलित समुदायसँग माफी

काठमाडौं, १९ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले दलित समुदायप्रति संसदबाटै सार्वजनिक तथा सामूहिक मा...
स्थानीय तहका समस्या समाधानमा सरकार प्रतिबद्ध: मन्त्री रावल

स्थानीय तहका समस्या समाधानमा सरकार प्रतिबद्ध: मन्त्री रावल

काठमाडौँ — नेपाल सरकारका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले स्थानीय तहका समस्याहरू समाधान गर्न सरकार पूर्ण रू...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज