महायज्ञबाट ३.४५ करोड रुपैयाँ बचत, हेमजा आश्रमको पूर्वाधार र अक्षयकोष विस्तारमा खर्च गरिने
पोखरा, साउन १९ । मानवसेवा आश्रमले पोखरा महानगरपालिका–२५ हेमजामा सम्पन्न श्रीमद्भागवत सप्ताह ज्ञान–विज्ञान महायज्ञ–२०८३ को आय–व्यय विवरण सार्वजनिक गर्दै महायज्ञबाट उल्लेखनीय आर्थिक बचत भएको जनाएको छ। आश्रमका अनुसार महायज्ञबाट प्राप्त कुल आम्दानीमध्ये सबै खर्च कटाएर ३ करोड ४५ लाख ९ हजार १ सय ८४ रुपैयाँ बचत भएको छ।
सोमबार आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको विवरणअनुसार महायज्ञबाट ३ करोड ८१ लाख ७१ हजार ७ सय ७१ रुपैयाँ ५३ पैसा संकलन भएको थियो भने कार्यक्रम सञ्चालनका लागि ७७ लाख १२ हजार ५ सय ८७ रुपैयाँ ५२ पैसा खर्च भएको महायज्ञ मूल आयोजक समिति संयोजक अनितकुमार शाहीले जानकारी दिए।
सार्वजनिक गरिएको आर्थिक विवरणअनुसार नगद, चेक, क्यूआर कोड तथा अनलाइन माध्यमबाट २ करोड २४ लाख ७९ हजार १ सय ६३ रुपैयाँ संकलन भएको छ। त्यसैगरी व्यक्ति तथा संस्थागत प्रतिबद्धता र स्थानीय तहबाट १ करोड ४४ लाख ४ हजा...










