अपाङ्गता परिचयपत्रदेखि सामाजिक संरक्षणसम्म, अब एउटै डिजिटल प्रणालीमा
काठमाडौँ — अपाङ्गता भएका व्यक्तिको पहिचान, तथ्याङ्क व्यवस्थापन र सामाजिक संरक्षण सेवा प्रवाहलाई थप व्यवस्थित, प्रभावकारी र प्रविधिमैत्री बनाउने उद्देश्यले Disability Management Information System (DMIS) लाई Social Information Management System (SIMS) मा प्राविधिक रूपमा एकीकृत गरिएको छ।
महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालय र UNICEF को सहकार्यमा सामाजिक संरक्षण नागरिक समाज सञ्जाल (SPCSN) मार्फत कार्यान्वयन गरिएको DMIS को SIMS मा एकीकरण कार्य सम्पन्न भएसँगै अपाङ्गता सम्बन्धी सूचना र सामाजिक संरक्षण व्यवस्थापनलाई एउटै डिजिटल प्रणालीमा जोड्ने आधार तयार भएको हो।
प्रणालीको औपचारिक हस्तान्तरण २८ सेप्टेम्बर २०२६ मा सम्पन्न भएको छ। हाल उक्त प्रणाली नेपालका ७५३ वटै स्थानीय तहमा विस्तार भइसकेको छ। यससँगै देशभर अपाङ्गता परिचयपत्र वितरण तथा सम्बन्धित तथ्य...












