Day: ६ भाद्र २०८३, शनिबार

मानवसेवा आश्रम लमजुङ भवन निर्माण तीव्र बनाइँदै, मंसिरमा गृहप्रवेश र माघमा उद्घाटनको लक्ष्य

मानवसेवा आश्रम लमजुङ भवन निर्माण तीव्र बनाइँदै, मंसिरमा गृहप्रवेश र माघमा उद्घाटनको लक्ष्य

Manavsewa Ashram, Manavsewa Ashram, samachar, खेलकुद, विचार, शिक्षा, समाचार
लमजुङ, — बेँसीशहर नगरपालिका–९ मा निर्माण भइरहेको मानवसेवा आश्रमको भवन निर्माण कार्यलाई तीव्रता दिइने भएको छ। निर्माण स्थलमै आश्रमका केन्द्रीय अध्यक्ष, जिल्ला नेतृत्व, जिल्लास्थित अभिभावक परिवार, प्राविधिक टोली तथा निर्माण सेवामा संलग्न निर्माणकर्ताबीच भवन निर्माणको हालसम्मको प्रगति, भावी कार्ययोजना तथा आगामी निर्माण चरणबारे छलफल गरिएको हो। छलफलका क्रममा निर्माण कार्यलाई निर्धारित योजनाअनुसार अघि बढाउँदै २०८३ साल मंसिरभित्र गृहप्रवेश तथा माघ महिनाभित्र भवनको समुद्घाटन गर्ने लक्ष्य राखिएको जानकारी दिइएको छ। मानवसेवा आश्रमले सहयोगापेक्षी मानवहरूको संरक्षण, सम्मान र सेवाका लागि निर्माण भइरहेको यो भवनलाई भौतिक संरचनाभन्दा माथि उठेर मानवता, करुणा, सुरक्षा र आश्रयको केन्द्रका रूपमा विकास गर्ने उद्देश्य लिएको जनाएको छ। निर्माण कार्यमा देश तथा विदेशमा रहेका विभिन्न व्यक्ति, संस्था तथा शुभे...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज