बढ्दो हिंसा नियन्त्रणका लागि परिवर्तन नेपाल अभियानद्वारा पोखरा महानगरलाई ध्यानाकर्षण
पोखरा । पछिल्लो समय समाजमा बढ्दै गएको हिंसा तथा आतंकका घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै परिवर्तन नेपाल अभियान, पोखराले पोखरा महानगरपालिकाको ध्यानाकर्षण गराएको छ।
अभियानका प्रतिनिधिहरूले पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यसमक्ष ध्यानाकर्षण पत्र बुझाउँदै समाजमा शान्ति, सुरक्षा र सुव्यवस्था कायम गर्न तत्काल आवश्यक पहल गर्न आग्रह गरेका छन्। उनीहरूले पछिल्ला दिनहरूमा घटिरहेका हिंसात्मक तथा आतंकजन्य गतिविधिले नागरिकमा त्रास सिर्जना गरेको उल्लेख गर्दै यसको नियन्त्रण र न्यूनीकरणका लागि प्रभावकारी कदम चाल्नुपर्नेमा जोड दिएका छन्।
ध्यानाकर्षण पत्रमा स्थानीय सरकार, सुरक्षा निकाय र सरोकारवाला सबै पक्षबीच समन्वय गर्दै दीर्घकालीन समाधान खोज्नुपर्ने उल्लेख गरिएको छ। साथै, जनचेतना अभिवृद्धि, सामुदायिक सहकार्य र कडा कानुनी कार्यान्वयनमार्फत यस्ता घटनामा कमी ल्याउन सकिने सुझाव पनि दिइएक...










