पोखरामा श्रीगण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट् ज्ञान महायज्ञ–२०८२ भव्य रूपमा जारी : चर्चित कथा बाचिका देवी प्रतिभाजीको बिरौटा परिक्रमा, धार्मिक जागरणको सन्देश प्रवाह
पोखरा, १३ वैशाख २०८२
गण्डकी प्रदेशको धार्मिक पर्यटन प्रवर्द्धन र पोखरालाई आध्यात्मिक मुक्तिद्वारको रूपमा स्थापित गर्ने उद्देश्यसहित पोखरा–१७, सदाशिवजी सिद्धेश्वर हरिहर मन्दिर परिसरमा श्रीगण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट् ज्ञान महायज्ञ–२०८२ भव्य रूपमा सञ्चालन भइरहेको छ। २०८१ चैत्र १७ गतेदेखि सुरु हुने यो ४१ दिने महायज्ञ २०८२ जेठ २६ गतेसम्म जारी रहनेछ।
मानव सेवा फाउण्डेशनद्वारा आयोजित यस महायज्ञमा चर्चित कथा बाचिका देवी प्रतिभाजीले हालै बिरौटा बजारको पैदल परिक्रमा गर्दै धार्मिक जागरणको सन्देश प्रवाह गरेकी छन्। भक्तिभाव र समर्पणको अनुपम उदाहरण प्रस्तुत गर्दै उनले स्थानीय समुदायमा आध्यात्मिक ऊर्जा संचार गरेकी छन्।
महायज्ञमा निरन्तर हवन, कथा वाचन, प्रवचन, पूजापाठ, आरती, सत्सङ्ग, भजन र सांस्कृतिक कार्यक्रमहरू सञ्चालन भइरहेका छन्। आयोजक समितिका अनुसार वैशाख ३ गते भूमिपूजन र यज्ञक...



















