पोखरा पाँचकोट ५० किमि अल्ट्रा ट्रेल रेसको उपाधि मनकुमार रोका मगर र कल्पना बुढालाई
पोखरा,असोज २५
पोखरामा पहिलो पटक कास्कीका ऐतिहासिक तथा पर्यटकीय महत्व बोकेका पाँचवटा कोटलाई एउटै दौडमार्फत जोड्दै आयोजना गरिएको ‘पोखरा पाँचकोट ५० किमि अल्ट्रा ट्रेल रेस–२०८३’ को पुरुषतर्फको उपाधि मनकुमार रोका मगरले जितेका छन्। उनले निर्धारित ५० किलोमिटर दूरी ५ घण्टा २१ मिनेट ५४ सेकेन्डमा पूरा गर्दै उपाधि हात पारेका हुन्।
नेपाल भूतपूर्व खेलाडी मञ्च, पोखराको र विजयपुरस्थित नेपाली सेनाको पश्चिम पृतना हेडक्वाटरको संयुक्त आयोजनामा अल्ट्रा ट्रेल रेस आयोजना भएको हो ।
प्रतियोगिताको ५० किलोमिटर पुरुषतर्फ तिलकबहादुर सुनुवार दोस्रो भए। उनले ५ घण्टा २२ मिनेट ३७ सेकेन्डमा दूरी पूरा गरे। त्यस्तै, ५ घण्टा २९ मिनेट १२ सेकेन्डमा दौड पूरा गरेका दलबहादुर कुँवर तेस्रो भए। रमेश लिम्बू ५ घण्टा ४३ मिनेट ४१ सेकेन्डमा दूरी पूरा गर्दै चौथो स्थानमा रहे,भने अर्जुन कुलुङ राईले पाचौँ स्थान प्राप्त गरे ।
५० किलोम...










