पोखरा उद्योग वाणिज्य संघ अध्यक्षकी आकांक्षी शोभा गौतमद्वारा प्यानल घोषणा
पोखरा । पोखरा उद्योग वाणिज्य संघको आगामी भदौ २० र २१ गते आयोजना हुने ३६औँ महाधिवेशनलाई लक्षित गर्दै अध्यक्ष पदकी आकांक्षी शोभा गौतमले आफ्नो प्यानल घोषणा गरेकी छन्।
पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा गौतमले ‘समावेशी टिम, जुझारु नेतृत्व—सबल संघ, समृद्ध पोखरा’ भन्ने नारासहित आफ्नो प्यानल सार्वजनिक गरेकी हुन्। गौतम हाल पोखरा उद्योग वाणिज्य संघको महासचिवको जिम्मेवारीमा छिन्।
गौतम नेतृत्वको प्यानलमा वरिष्ठ उपाध्यक्षमा टीकाराम सुवेदी, उद्योग उपाध्यक्षमा सौगात थापा, वाणिज्य उपाध्यक्षमा भीम गौतम, महासचिवमा तारानाथ ढुङ्गाना, कोषाध्यक्षमा बालकृष्ण कोइराला र उपमहासचिवमा यादव पोखरेल रहेका छन्।
प्यानल घोषणा कार्यक्रममा अध्यक्ष पदकी उम्मेदवार गौतमले संघको नेतृत्वका लागि आफूहरू स्पष्ट दृष्टिकोण, साझा उद्देश्य र बलियो टिमसहित निर्वाचनमा होमिएको बताइन्। व्यवसायीको हकहितलाई प्राथमिकतामा र...










