भारतीय सेनाका चिफ अफ आर्मी स्टाफ भोलि पोखरामा
भारतीय सेनाका चिफ अफ आर्मी स्टाफ जनरल धीरज सेठ, PVSM, UYSM, AVSM को नेपाल भ्रमणका क्रममा पश्चिम नेपालका भारतीय भूतपूर्व सैनिक, वीर नारी तथा भूतपूर्व सैनिक परिवारसँग भेटघाट र उनीहरूका गुनासा तथा समस्याबारे जानकारी लिन भोलि पोखरास्थित पेन्सन वितरण कार्यालय (PPO) मा विशेष भेटघाट कार्यक्रम हुने भएको छ।
उक्त गरिमामय भेटघाट कार्यक्रममा सम्पूर्ण भूतपूर्व सैनिक, वीर नारी तथा भूतपूर्व सैनिक परिवारजनलाई उपस्थित भई कार्यक्रमको शोभा बढाइदिन अनुरोध गरिएको छ।...










