२१ औँ लेखनाथ महोत्सव पुस ३ गतेदेखि तालचोकमा सुरु हुँदै
पोखरा, पुस २७ — पोखरा–२७ तालचोकमा पुस ३ गतेदेखि १४ गतेसम्म २१ औँ संस्करणको लेखनाथ महोत्सव आयोजना हुने भएको छ। स्थानीय उत्पादन र उद्यमशीलता प्रवद्र्धनलाई मुख्य प्राथमिकता दिँदै लेखनाथ उद्योग वाणिज्य संघले महोत्सवको विस्तृत योजना सार्वजनिक गरेको हो।
संघका अध्यक्ष तथा महोत्सवका मूल संयोजक जानुका पराजुली अधिकारीका अनुसार २०५८ सालमा सुन्तला प्रदर्शनीबाट सुरु भएको यो पहल २०६१ सालदेखि औपचारिक महोत्सवका रूपमा निरन्तर हुँदै आएको छ। उनका अनुसार यस वर्ष पनि स्थानीय तथा राष्ट्रिय स्तरमा उत्पादित सामग्रीहरू—कृषि उत्पाद, महिला उद्यमीका सामग्री, हस्तकला, खाद्यान्नदेखि शिक्षा र स्वास्थ्यसम्बन्धी वस्तुहरू—को प्रदर्शनी तथा बिक्री हुने छ।
प्रचार–प्रसार संयोजक ध्रुवबाबु भट्राईका अनुसार बिषम आर्थिक अवस्थामा पनि व्यवसायीलाई ऊर्जा प्रदान गर्न, बजारलाई सक्रिय बनाउन र स्थानीयदेखि राष्ट्रिय अर्थतन्त्रमा ज...










