रेडियोग्राफरको माग सम्बोधनतर्फ सकारात्मक पहल: स्वास्थ्य सचिवसँग भेटवार्ता सम्पन्न
काठमाडौं, २०७८ असार १२ ।
नेपाल रेडियोलोजिकल सोसाइटी र सरकारी रेडियोग्राफर संघ, नेपालले संयुक्त रूपमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पेशागत माग सम्बोधन सम्बन्धी महत्वपूर्ण भेटवार्ता सम्पन्न गरेका छन्। सो अवसरमा स्वास्थ्य सचिव डा. विकास देवकोटा, सहसचिव श्रीमान् सापकोटा लगायतका उच्च अधिकारीहरूसँग औपचारिक छलफल भएको हो।
रेडियोलोजी सेवाको सुदृढीकरण, पेशागत सुरक्षा, दरबन्दी व्यवस्थापन लगायतका विषयमा मन्त्रालयमा बारम्बार उठाइँदै आएको मागलाई सचिव देवकोटाले गम्भीरतापूर्वक लिनुका साथै ओएनएममार्फत मागको मूल्यांकन गरी अगाडि बढाउने स्पष्ट आश्वासन दिनुभएको छ।
संघसंस्थाहरूका अध्यक्षद्वय मुकेश झा (नेपाल रेडियोलोजिकल सोसाइटी) र कमलप्रसाद पँगेनी (सरकारी रेडियोग्राफर संघ, नेपाल) ले ऐतिहासिक महत्वको यो पहलले भविष्यमा रेडियोग्राफरहरूको हकहित सुनिश्चित गर्न मार्गप्रशस्त गर्ने विश्वास व्यक्त गर्नुभयो...










