हरेक शनिबार सडकसेवा: ५ जना सडक मानवको उद्धार, मानव सेवा आश्रम कास्कीद्वारा संरक्षणमा राखियो
पोखरा, –हरेक शनिबारझैं यस शनिबार पनि मानव सेवा आश्रम कास्की शाखाले पोखराको विभिन्न स्थानहरूमा ‘सडक सेवा’ कार्यक्रम सञ्चालन गरी ५ जना सडक मानवहरूको उद्धार गरेको छ। उद्धार गरिएकामध्ये ४ जना पुरुष र १ जना महिला रहेका छन्।
उद्धार गरिएका व्यक्तिहरूको विवरण यसप्रकार छः
• पोखरा १८, पामे सेदीबाट उद्धार गरिएका लोकेन्द्र बहादुर टुल्ल, स्थायी घर जुम्ला
• पोखरा ५, ओल्ड क्याम्पस क्षेत्रबाट प्रकाश सुनार, स्थायी घर पर्वत
• पोखरा ३, नादीपुरबाट मंगल सार्की, स्थायी घर लमजुङ
• पोखरा ८, नयाँबजारबाट राजु परियार, स्थायी घर काठमाडौँ, बनपा
• पोखरा १६, कासिमपुलबाट उद्धार गरिएकी महिला प्रीति, जसले आफू लेखनाथ घर भएको बताएकी छन्
उद्धार गरिएका ४ जना पुरुषलाई मानव सेवा आश्रमको हेम्जा शाखामा राखिएको छ भने १ जना महिलालाई छोरेपाटन शाखामा सुरक्षित रूपमा राखिएको छ।
मानव सेवा आश्रम कास्की शाखाले ती व्यक्तिहरूका...










