पोखरामा सम्पन्न भयो सातौँ न्यु ग्यालेक्सी SEE ब्वाइज/गर्ल्स बास्केटबल प्रतियोगिता
पोखरा, न्यु ग्यालेक्सी इङ्ग्लिस सेकेन्डरी स्कूलको आयोजनामा जेठ २८ र २९ गते पोखरा ३ नदीपुरमा सम्पन्न सातौँ न्यु ग्यालेक्सी SEE ब्वाइज तथा गर्ल्स बास्केटबल प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ।
प्रतियोगितामा खुल्ला SEE गटंतर्गत छात्रा तर्फ Term First (Rising Gloves) ले उपाधि जित्न सफल भयो भने छात्र तर्फ Be Na Pa Team First विजेता बन्न सफल भयो।
प्रतियोगिता खेलमार्फत विद्यार्थीहरूमा खेलकुद प्रतिको रुचि अभिवृद्धि गर्नुका साथै आपसी सहकार्य र प्रतिस्पर्धाको भावना विकास गर्ने उद्देश्य राखिएको आयोजक संस्थाले जनाएको छ।...










